उत्तरबाहिनी ब्याडमिन्टन समूह गोकर्णेश्वर- ४ द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न

उत्तरबाहिनी ब्याडमिन्टन समूह गोकर्णेश्वर- ४ द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न

कपन अनलाइन

काठमाडौँ, असोज २४ । गोकर्णेश्वर नगरपालिका वडा नं  ४  को आर्थिक सहयोगमा  उत्तरबाहिनी ब्याडमिन्टन समूह द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न भएको छ  ।  उत्तरबाहिनी ब्याडमिन्टन कोर्टमा आइतबार बाट शुरु भएको उक्त   प्रतियोगिताको आज भएको पहिलो  सेमिफाइनल खेल विजय कुमार श्रेष्ठ र राजेश गुरुङको जोडी संग मधु  श्रेष्ठ र अनिल  गुरुङको जोडी बीच भएको थियो ।  निकैनै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा विजय कुमार श्रेष्ठ र राजेश गुरुङको जोडीले मधु  श्रेष्ठ र अनिल  गुरुङको जोडीलाइ १५- २१, २१-१६ र २१ २१-१७ अंकको तेस्रो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन।

त्यसै गरि आज नै भएको दोस्रो सेमिफाइनल खेल प्रेम कुमार श्रेष्ठ र ध्रुब कुमार नापितको जोडी  संग  रामजी श्रेष्ठ र विकास श्रेष्ठको जोडी बीच भएको थियो ।निकैनै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा प्रेम कुमार श्रेष्ठ र ध्रुब कुमार नापितको जोडीले  रामजी श्रेष्ठ र विकास  श्रेष्ठको जोडीलाई २१- १२ र २१- १५ अंकको सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन । भोलि बिहान ७ बजे विजय कुमार श्रेष्ठ र राजेश गुरुङको जोडी संग प्रेम कुमार श्रेष्ठ र ध्रुब कुमार नापितको जोडी प्रथम स्थानको लागि प्रतिस्पर्धा गर्ने भएका छन।

बिजय दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा ब्याडमिन्टन प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ आयोजना गरेको प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार र दितीय हुनेले  रु २५ हजार प्राप्त गर्ने आयोजक संस्थाका बिजय  श्रेष्ठले जानकारी गराए ।

 

तपाइँको प्रतिक्रिया ।