बाँसबारी क्लव भवनको माथिल्लो तला उद्घाटन तथा शुभकामना आदानप्रदान सम्पन्न

बाँसबारी क्लव भवनको माथिल्लो तला उद्घाटन तथा शुभकामना आदानप्रदान सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असोज २५।

बाँसबारी क्लव भवनको माथिल्लो तला उद्घाटन तथा शुभकामना आदानप्रदान कर्यक्रम  सम्पन्न भएको छ ।

नेकपा एमालेका महासचिव तथा काठमाण्डौ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो।

बाँसबारी क्लवका अध्यक्ष प्रेम थापाको अध्यक्षता र बागमती प्रदेस सभा सदस्य नारायण सिलवाल र दीपक निरौला,वडा नं ३ का अध्यक्ष दिपक केसी ,वडा नं ४ का अध्यक्ष मोहन बिस्ट लगायतको  उपस्थितिमा  भएको सो कार्यक्रममा बागमती प्रदेस सरकारको सहयोगमा निर्मित  क्लव भवनको माथिल्लो तला उद्घाटन गरिएको थियो।

विजया दशमीको शुभकामना आदान प्रदान गरिएको सो अवसरमा एराउंड द हिमालयका प्रवन्ध निर्देशक सुदामा कार्की ,चो – यु ट्रेकका प्रवन्ध निर्देशक निमा पुरु शेर्पा ,रास्ट्रिय फुटवल खेलाडी एरिक बिस्ट र वेलनेस  अस्पतालका   अध्यक्ष डा. जनक बहादुर बस्नेतलाई सम्मान गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।