नेकपा एमाले गोकर्णेश्वर ३ वडा कमिटिको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

नेकपा एमाले गोकर्णेश्वर ३ वडा कमिटिको  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, असोज २४ । नेपाल कम्युनिष्ट पार्टी एमाले गोकर्णेश्वर ३ वडा कमिटि द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ को वडा कार्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमाले केन्द्रीय सदस्य एबम काठमाडौं जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य कृष्ण राइ रहेका थिए भने बिशेष अतिथिको रुपमा  बागमती प्रदेशका पुर्व मन्त्रि रामेश्वर फुयाल,  नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्ट, लगायत  बिभिन्न राजनीतिक दलका प्रतिनिधि सहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।  नेपाल कम्युनिष्ट पार्टी एमाले गोकर्णेश्वर ३ वडा कमिटि अध्यक्ष बुद्दी बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम नेकपा एमाले गोकर्णेश्वर ३का सचिब नबिन राज बिष्टले संचालन गरेका थिए ।

कार्यक्रममा जन बर्गीय संगठन घोषणा गर्नुको साथै सपथ ग्रहण र  पार्टी प्रवेश समेत गराइएको थियो । कार्यक्रममा ७१ सदस्यीय युवा संघ गठन गरिनुको साथै १५ सदस्यीय अनेमा संघ  गठन गरिएको घोषणा  गरिएको थियो ।कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एबम काठमाडौं जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य कृष्ण राइले आउदै गरेको चाड पर्वहरुको शुभकामना दिदै संस्कृति र परमपरा सबैको साझा पर्व रहेको बताएका थिए ।  उनले संस्कृति र परमपरा भनेको कुनै समुदायले भन्दा पनि सबैले साझा पर्वको रुपमा मनाउनुपर्ने  उनको धारणा रहेको थियो ।

 चाडपर्वले सबै नेपालीको आपसी, सम्बन्ध भावनालाई जोड्दै जाने भएकाले सबैले आपसी भाईचाराको सम्बन्ध कायम गर्नुपर्ने बताएका थिए । उनले अझै पनि कोरोनाको जोखिम कायम रहेकाले बिशेष ध्यान दिदै सुरक्षित भएर चाडपर्व मनाउन  आग्रह गरेका थिए । पार्टीमा सामान्य समस्या देखिएको भए पनि कार्यकर्ताले आ–आफ्नो स्थानमा आ–आफ्नो जिम्मेवारी कुशलापुर्वक निर्वाह गरेमा एमालेलाई जनताको मनबाट कसैले हटाउन नसक्ने बताएका थिए । उनले नेपालको विकास र समृद्धिको बाहक नेकपा एमाले भएको बताउदै नेकपा एमाले रोजेकोमा नव प्रवेसीहरुलाई धन्यवाद दिएका थिए।कार्यक्रममा बागमती प्रदेशका पुर्व मन्त्रि रामेश्वर फुयाल, नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्ट लगायतले आउदै गरेको चाडपर्वको शुभकामना ब्यक्त गर्दै कोरोना जोखिम अझै कायम रहेकोले सुरक्षित भएर चाड पर्व मनाउन अनुरोध गरेका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै  नेपाल कम्युनिष्ट पार्टी एमाले गोकर्णेश्वर ३ वडा कमिटिका अध्यक्ष बुद्दी बहादुर श्रेष्ठले बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव कायम गर्न चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको  बताए। उनले  कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै  बिजया दशमी,दीपावली, छठ पर्व नेपाल संवत् ११४० र छठ पर्वको  शुभकामना व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।