टोखा नगरपालिका–१ झोरमा मोटरसाइकलको ठक्करबाट दुई युवकको मृत्यु

टोखा नगरपालिका–१ झोरमा मोटरसाइकलको ठक्करबाट दुई युवकको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,असोज २४ ।

टोखा नगरपालिका–१ झोर फुलबारीमा मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । बा.६० प ६१८४ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिंदा स्कुटरमा सवार टोखा नगरपालिका खरिपाटी डेरा गरी बस्ने दोलखा घर भएका १८ वर्षीय एलिन योन्जन र रामेछाप घर भएका १८ वर्षीय संजिप लामाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करपछि मोटरसाइकल फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।