गोकर्णेश्वरको अस्फाल्ट प्लान्टमा आक्रोसित स्थानीय द्वारा तोडफोड

गोकर्णेश्वरको अस्फाल्ट प्लान्टमा आक्रोसित स्थानीय द्वारा तोडफोड

कपन अनलाइन

काठमाण्डौ ,असोज २४ ।

गोकर्णेश्वर र बुढानीलकण्ठ नगरपालिकाको सिमानामा स्थित पानी खोल्सामा  संचालित अस्फाल्ट प्लान्ट ( बिटुमिन) कारखाना शनिबार स्थानियहरुले तोडफोड गरेका छन् । सनिवार बिहान  करिब ७० को संख्यामा जम्मा भएका स्थानियहरुले वातावरण प्रदुषण भएको र  नियम विपरीत खोलिएको उक्त कारखाना तोडफोड गरेका हुन् ।

स्थानीय जनतालाई जानकारी समेत नदिई करिब ३ महिना अगाडि संचालन गरिएको उक्त कारखानाबाट निस्किएको धूवाँको मुस्लोले ५ वटा गाउँलाई प्रदुषित गरेपछि स्थानीयहरु सनिवार  विरोधमा उत्रिएका थिए।

गोकर्णेश्वर नगरपालिका भित्र गैरकानुनी रुपमा संचालित कारखाना बन्द गराउन नगर प्रमुख सन्तोष चालिसे र वडा अध्यक्ष राजिव थापाले सात दिन  भित्र अस्फाल्ट कारखाना हटाउने वचन दिएका थिए।

त्यस्तै  केहि समय बन्द भएको सो कारखाना वर्षा सकिए  लगत्तै राती-राती अस्फाल्ट कारखाना संचालन गरि वातावरण प्रदुषण भएपछि  रात भर सुत्न नसकेको गुनासो गर्दै आएका स्थानीयहरुले शनिबार कारखाना तोडफोड गरेका हुन्।

 

तपाइँको प्रतिक्रिया ।