मोतीपुर औद्योगिक क्षेत्रमा झडप हुँदा गोली चल्यो

मोतीपुर औद्योगिक क्षेत्रमा झडप हुँदा गोली चल्यो

कपन अनलाइन

काठमाण्डौ ,असोज २४ ।

रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा झडप हुँदा गोली चलेको छ ।स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाउँदा २ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बुटवल औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो ।१ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।

गोली चलाउँदा एक जनाको छातीमा गोली लागेको र अर्काको टाउकोमा चोट लागेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।