सुन्ताखान युवा क्लब गोकर्णेश्वर-३ द्वारा आयोजित वडा अध्यक्ष दसैँ आन्तरिक फुटसल प्रतियोगिता शुरु

सुन्ताखान युवा क्लब गोकर्णेश्वर-३ द्वारा आयोजित वडा अध्यक्ष दसैँ आन्तरिक फुटसल प्रतियोगिता शुरु

कपन अनलाइन

काठमाडौं असोज २० ।  गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा रहेको सुन्ताखान युवा क्लब द्वारा आयोजित   वडा अध्यक्ष  दसैँ आन्तरिक फुटसल प्रतियोगिता माकलबारी स्थित मनकामना फुटसलमा आज बाट शुरु भएको छ । बिजय दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा फुटसलप्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ नगरपालिकाको आर्थिक सहयोगमा भएको सो प्रतियोगिताको नगर प्रमुख सन्तोष चालिसे र वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीके संयुक्त रुपमा रेफ्रीलाई बल हस्तान्तरण सहित प्रतियोगिताको शुभारम्भ गरिएको छ ।

। सुन्ताखान युवा क्लबका हरिबोल बिष्टले संचालन गरेको उद्घाटन सत्रमासमय नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक एबम नेपाल तरुणदल क्षेत्र नं ३ का अध्यक्ष संजय लामा, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,  वडा सदस्य लक्ष्मण गोले लगायत आयोजक क्लबका पदाधिकारी सहित खेलाडी र खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो    ।

संक्षिप्त रुपमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यवाद दिदै खेल क्षेत्रलाई नगरले प्राथमिकतामा राखेको जानकारी गराएका थिए । स्वस्थ्य जिवन र गोकर्णेश्वर  नगरपालिकाको बिकासको लागी खेलकुदको बिकास अनिवार्य रहेको बताउदै नगर क्षेत्रमा खेलकुदको बिकासकोखेलकुद समितिनै गठन गरि खेलकुदका कार्यक्रमलाइ निरन्तरता दिदै  आएको बताएका  थिए ।उनले नगरपालिका भित्र खेल मैदान निर्माणको काम समेत अघि बढेको जानकारी दिदै खेल मैदान निर्माणको लागि बिभिन्न बाधा अफ्ट्याराहरु संग जुद्दै काम अघि बढाएको जानकारी गराएका थिए । उनले आउदै गरेको बिजय दशमीको शुभकामना समेत ब्यक्त गर्दै खेलाडीहरुलाई अनुशासनमा रहेर खेल्न अनुरोध गरेका थिए ।सोहि कार्यक्रमलाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

उनले यस्ता प्रतियोगिताले प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुर्याउने समेत बताएका थिए ।वडाले खेलकुदलाइ  प्राथमिकतामा राख्दै कार्यक्रमहरु आयोजना गर्दै आएको पनि बताएका थिए  ।असोज २५ गते सम्म चल्ने उक्त प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।

तपाइँको प्रतिक्रिया ।