नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठक सम्पन्न ,के के निर्णयहरु भए ?

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठक सम्पन्न ,के के निर्णयहरु भए ?

कपन अनलाइन

काठमाण्डौ ,असोज २०।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षता र केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला इन्चार्ज कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकले असोज २२ गते ११ बजे ड्रिमहाउस पार्टी प्यालेसमा  काठमाण्डौ जिल्लाका १३८ वटै वडाका अध्यक्ष,सचिव र नगर कमिटीले तोकेका इन्चार्जहरुको बृहत प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ।

सो बैठकमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाण्डौका सबै स्थान जित्ने गरी तयारी थाल्न निर्देशन दिएका थिए भने सह इन्चार्जहरुले बैठक सफलताको  शुभकामना सहित मन्तव्य राखेका थिए।

त्यस्तै बागमती प्रदेस कमिटीका सचिव खेम लोहोनीले प्रदेस कमिटीका निर्णयहरु जानकारी गराउदै जिल्लाले गरेको गतिविधिको प्रसंशा गरेका थिए।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सह इन्चार्जहरु सुरेन्द्र मानन्धर,रामेश्वर फुयाल,नारायण सिलवाल र रुप नारायण श्रेष्ठ,बागमती प्रदेस कमिटीका सचिव खेम लोहोनीको उपस्थितिमा  भएको उक्त बैठकले बागमती प्रदेस कमिटीमा मनोनित भएका ३८ जनालाई बधाई ज्ञापन समेत गरेको छ। प्रदेस कमिटीमा मनोनित भएका ४१ मध्ये निर्मल देउला,गुन्जमान सिंह बस्नेत र नवराज पराजुलीले सो जिम्मेवारी बहन गर्न असमर्थता जनाएपछी ति नामहरु फिर्ता गरिएको थियो।

त्यस्तै जिल्ला कमिटीको सो बैठकले काठमाण्डौ जिल्लाका १० वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कमिटीका संयोजक पनि चयन गरेको जानकारी दिदै जिल्ला सचिव दीपक निरौलाले असोज २२ गते बस्ने बैठकमा जिल्ला कमिटी विस्तार र कार्य विभाजन हुने बताएका छन।

को को बने क्षेत्रीय संयोजक ?

क्षेत्र नं १ : धन बहादुर खाती

क्षेत्र नं २  : सृजन शर्मा

क्षेत्र नं ३  : विश्वराज श्रेष्ठ

क्षेत्र नं ४  :तेज ढकाल

क्षेत्र नं ५  : रामकृष्ण श्रेष्ठ

क्षेत्र नं ६  :विश्वनाथ लामिछाने

क्षेत्र नं ७  :विश्वराज सापकोटा

क्षेत्र नं ८  :निमा घ्याम्चो लामा

क्षेत्र नं ९  :अनन्तराज सिग्देल

क्षेत्र नं १०  : गुन्जमान सिंह बस्नेत

 

 

 

तपाइँको प्रतिक्रिया ।