उत्तरबाहिनी ब्याडमिन्टन समूह गोकर्णेश्वर- ४ द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता जारी

उत्तरबाहिनी ब्याडमिन्टन समूह गोकर्णेश्वर- ४ द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता जारी

कपन अनलाइन

काठमाडौँ, असोज २०। गोकर्णेश्वर नगरपालिका वडा नं  ४  को आर्थिक सहयोगमा  उत्तरबाहिनी ब्याडमिन्टन समूह द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता जारी रहेको छ।  उत्तरबाहिनी ब्याडमिन्टन कोर्टमा आइतबार बाट शुरु भएको उक्त   प्रतियोगिताको आज भएको पहिलो खेल सुरेश लामा र रामकुमार श्रेष्ठको जोडी संग अनिल श्रेष्ठ र प्रमोद डाँगी भिडेका थिए ।

निकैनै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा अनिल श्रेष्ठ र प्रमोद डाँगीको जोडीले सुरेश लामा र रामकुमार श्रेष्ठको जोडीलाइ २१- १५ ,२१ २१-६ र २१-१३ अंकका साथ् तेस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन। त्यसै गरि आजै भएको दोस्रो खेल मधु श्रेष्ठ र अनिल गुरुङ को जोडी संग विकेश  श्रेष्ठ र रामजी श्रेष्ठको जोडी भिडेका थिए। उक्त खेलमा मधु श्रेष्ठ र अनिल गुरुङको जोडीले  विकेश  श्रेष्ठ र रामजी श्रेष्ठको जोडीलाइ  २१-१९ र २१-१६ अंकको शोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन।

 त्यसै गरि आज नै भएको अन्तिम खेल   प्रेम कुमार श्रेष्ठ र धुर्ब नापितको जोडी संग सुमन श्रेष्ठ र राजेश श्रेष्ठको जोडी भिडेका थिए।  उक्त खेलमा प्रेम कुमार श्रेष्ठ र धुर्ब नापितको जोडीले सुमन श्रेष्ठ र राजेश श्रेष्ठको जोडीलाइ  २१- ६ र २१- १३ अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन ।  बिजय दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा ब्याडमिन्टन प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथआयोजना गरेको  प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार र दितीय हुनेले  रु २५ हजार प्राप्त गर्ने आयोजक संस्थाका बिजय  श्रेष्ठले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।