गोकर्णेश्वर नगरपालिकामा एक दिवसीय साइवर क्राइम बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा एक दिवसीय साइवर क्राइम बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, असोज १९ । गोकर्णेश्वर नगरपालिकामा एक दिवसीय साइवर क्राइम बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।  असोज १८ गते सोमबार  गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा वेव बैँक नेपालको प्राविधिक सहकार्यमा  भएको उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा  नगर प्रमुख सन्तोष चालिसे रहेका थिए भन बिशेष अतिथिको रुपमा  उप प्रमुख शान्ति नेपाल ,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना,नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नेपाल प्रहरी  लगायत बिभिन्न वडाका वडा अध्यक्षहरु सहित जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो कार्यक्रमको अध्यक्षता वेव बैँक नेपालका निर्देशक तथा बोस्टर मिडियाका संचालक मुकुन्द ढुंगानाले  गरेका थिए भने कार्यक्रम संचालन अनिल अधिकारीले  गरेका थिए ।

सूचना प्रविधिको युगमा अवसर संगै समस्या र चुनौतीहरु दिनानुदिन बढिरहेको अवस्थामा यसका जोखिम र निराकरणका उपायहरु खोजी गरी समाजलाई साइवरको आतंकबाट मुक्त गराउने उद्धेश्यका साथ एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण तालिमको आयोजना गरिएको जानकारी गराइएको थियो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।कार्यक्रमलाइ सम्बोधन गर्दैनगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकालाई साइवर क्राइम मुक्त नगर बनाउने उदेश्य रहेको जानकारी दिदै  यस प्रकारको कार्यक्रमले स्थानीय क्षेत्रमा अति राम्रो प्रभाव पार्ने भन्दै यस प्रकारका कार्यक्रमहरुको निरन्तरताको अपेक्षा समेत गरेका थिए ।

कार्यक्रममा प्रशिक्षक  आर के ढुंगानाले   समग्र सूचना प्रविधि नीति, संघीय सरकारका सूचना सुरक्षा मापदण्ड, अव स्थानीय सरकारले चाल्नु पर्ने कदमहरु को बारेमा प्रस्तुतीकरण मार्फत अभिमुखीकरण गरेका थिए भने महानगरीय प्रहरी वृत बौद्धमा कार्यरत प्रहरी नायब निरीक्षक पिताम्बर पराजुलीले समुदाय प्रहरी साझेदारी मार्फत भईरहेका कार्यक्रमको बारेमा जानकारी गराएका थिए उनले  प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा अपराध बढ्दै गएकाले आपराधिक घटनाको छानविन र अपराधीलाई कारवाहीको दायरामा ल्याउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए

 

तपाइँको प्रतिक्रिया ।