आक्रामक संगठन विस्तारमा नेकपा एमाले बुढानिलकण्ठ, थप दुई जनसंगठन गठन

आक्रामक संगठन विस्तारमा नेकपा  एमाले बुढानिलकण्ठ, थप दुई जनसंगठन गठन

कपन अनलाइन

काठमाण्डौ ,असोज २०।

नेकपा  एमाले बुढानिलकण्ठ नगर कमिटीले संगठन विस्तार र परिचालनलाई तीव्रता दिने क्रममा थप दुई जनसंगठन घोषणा गरेको छ।उद्धव दाहालको अध्यक्षतामा जेष्ठ कम्युनिष्ट मंच र घनश्याम खड्काको अध्यक्षतामा नेपाल खेलकुद महासंघ बुढानिलकण्ठ घोषणा गरिएको छ।

नगरपालिकाका सबै वडा कमिटी र जन संगठन इन्चार्ज  इन्चार्जको जिम्मेवारी प्रदान गरेर आक्रामक योजना अगाडी सारेको नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले यसै साता नेपाल खेलकुद महासंघ र जेष्ठ कम्युनिष्ट मंच गठन भएको जानकारी दिएका छन।

प्रचार तथा प्रकासन व्यवस्थित गर्नका लागि प्रचार संयन्त्र निर्माण गर्दै संगठनलाई विधि,प्रविधि र रचनात्मक गतिविधिलाई अगाडी बढाएको बताउदै अध्यक्ष डंगोलले चाडै नगर कमिटीको बैठक बसेर वडा र नगर अधिवेसनको तयारीका लागि योजना निर्माण गर्ने जानकारी दिएका छन।

बुढानिलकण्ठ नगर कमिटीले अहिले सम्म अनेम संघ,युवा संघ,उत्पीडित जातीय मुक्ति समाज,अनेरास्ववियु,जेष्ठ कम्युनिष्ट मंच र नेपाल खेलकुद महासंघ गठन गरिसकेको छ भने बुद्दिजीवी सहयोग समिती घोषणाको अन्तिम चरणमा रहेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।