बसुन्धराबाट दुई लाख रुपैयाँ घुस लिँदा लिँदै सब इन्जिनियर पक्राउ

बसुन्धराबाट दुई लाख रुपैयाँ घुस लिँदा लिँदै सब इन्जिनियर पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,असोज १९।

ठेकेदारसँग दुई लाख रुपैयाँ घुस लिँदा लिँदै जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका एकजना सब-इञ्जिनियर  पक्राउ गरेका छन्।

पाँचौँ तहका सब-इञ्जिनियर दीपेन्द्रकुमार केसीलाई अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयको टोलीले बसुन्धरास्थित कार्यालयबाट पक्राउ गरेको हो।

पक्राउ पर्ने इन्जिनियर रामेछापको मन्थली नगरपालिका-१ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-३ बालकोटमा बस्दै आएका छन्।

२०७३ पुस २९ गते त्यस कार्यालयमा कार्यरत उनले बूढानीलकण्ठ नगरपालिकास्थित खहरे खोला नियन्त्रणमा २० मिटर लामो कल्भर्ट निर्माणमा संलग्न ठेकेदारसँग घुस मागेका थिए।

तपाइँको प्रतिक्रिया ।