स्पोर्ट्स स्पेशल क्लब र आनन्दपुर युवा समूहको संयुक्त आयोजनामा खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता हुने

स्पोर्ट्स स्पेशल क्लब र आनन्दपुर युवा समूहको संयुक्त आयोजनामा खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौं असोज १९ । “स्वस्थ हुनको लागि आजको आवश्यकता दौड” भन्ने मूल नाराको साथमा खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता हुने भएको छ । स्पोर्ट्स स्पेशल क्लब काठमाडौं महानगरपालिका ६ बौद्ध को आयोजना तथा  आनन्दपुर युवा समूहको सहआयोजनामा  खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता हुने भएको हो  ।२०७८ साल असोज २१ गते घटस्थापनाको दिन बिहान ८ बजे  तीनचुली आनन्दपुर पोल नं १४ बाट दौड शुरु हुने भएको छ।

बिजय दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा दौडमा रुची राख्ने खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी गराएको छ  । थप जानकारीको लागि सम्पर्क नम्बर ९८६९३०४२५२, ९८६६४७०७५८

तपाइँको प्रतिक्रिया ।