सुन्ताखान युवा क्लब गोकर्णेश्वर -३ ले वडा अध्यक्ष  दसैँ आन्तरिक फुटसल प्रतियोगिता आयोजना गर्ने

सुन्ताखान युवा क्लब गोकर्णेश्वर -३ ले वडा अध्यक्ष  दसैँ आन्तरिक फुटसल प्रतियोगिता आयोजना गर्ने

कपन अनलाइन

काठमाडौं, असोज १९।  गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा रहेको सुन्ताखान युवा क्लबले  वडा अध्यक्ष  दसैँ आन्तरिक फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । बिजय दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा फुटसलप्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको  सुन्ताखान युवा क्लबका हरिबोल बिष्टले जानकारी गराए ।

भोलि असोज २० गते शुरु भई  असोज  २५ गते सम्म माकलबारी स्थित मनकामना फुटसलमा संचालन हुने उक्त प्रतियोगितामा ११ वटा टिमको सहभागिता हुने उनले जानकारी गराए। भोलि १० बजे उक्त प्रतियोगिताको उद्घाटन सत्र रहेको हुँदा खेलाडीहरुलाई हौसला बढाउन उपस्थित हुन  खेलप्रेमीहरुलाई अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।