नेकपा एमाले गोकर्णेश्वर-३ ले शुभकामना आदानप्रदान एबम चियापान कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं असोज १८ । नेपाल कम्युनिष्ट पार्टी एमाले  गोकर्णेश्वर  नगरपालिका ३ नं वडा कमिटीले शुभकामना आदानप्रदान एबम चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। २०७८ सालको बिजया दशमी शुभदिपावली, नेपाल संवत -११४२ छठ, इद  लगायत चाडपर्वको अवसर  पारेर  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको नेपाल कम्युनिष्ट पार्टी एमाले  गोकर्णेश्वर नगरपालिका ३  नं वडा कमिटीका  अध्यक्ष बुद्दी बहादुर श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए।

असोज २३ गते शनिबार   गोकर्णेश्वर नगरपालिका ३ नं वडा कार्यलय प्रांगणमा बिहान ७ :३० बजे देखि ९ :३० बजे सम्म  चल्ने  सो  कार्यक्रममा सहभागी हुनको लागि उनले सबैलाई  अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।