नेपाली कांग्रेस चन्द्रागिरी नगर समितिको सभापतिमा घनश्याम गिरी

नेपाली कांग्रेस चन्द्रागिरी नगर समितिको सभापतिमा घनश्याम गिरी

कपन अनलाइन

काठमाण्डौ ,असोज १८।

नेपाली कांग्रेस चन्द्रागिरी नगर समितिको सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन। चन्द्रागिरी नगर समितीको अधिवेसन बाट नगर प्रमुख समेत रहेका गिरी सभापतिमा निर्वाचित भएका हुन।

त्यस्तै चन्द्रागिरी नगर समितिको उपसभापतिमा राजेन्द्र विक्रम बानिया र इन्द्रावती श्रेष्ठ निर्वाचित भएका छन भने सचिवमा राजेन्द्र महर्जन र नबिन महर्जन निर्वाचित भएका छन।

सो अधिवेसन बाट सह सचिवमा जीवन गिरी र भुवन श्रेष्ठ तथा कोषाध्यक्षमा मन्यज प्रकास श्रेष्ठ निर्वाचित बनेका छन।

तपाइँको प्रतिक्रिया ।