बागमती  सेभेन्स रग्वी प्रतियोगिताको उपाधि भक्तपुरलाई

बागमती  सेभेन्स रग्वी प्रतियोगिताको उपाधि भक्तपुरलाई

कपन अनलाइन

काठमाण्डौ ,असोज १८।

प्रदेश जिल्लास्तरीय सेभेन ए साईड बागमती  सेभेन्स रग्वी प्रतियोगिताको उपाधि भक्तपुरले जितेको छ । मध्यपुर ठिमीमा आइतबार साँझ भएको फाइनलमा भक्तपुर रग्वीले नुवाकोट रग्वीलाई ५ का विरुद्ध १७ प्वाइन्टका साथ उपाधि जितेको हो । भक्तपुरले खेल अवधिभर ३ ट्राइ गर्दा एक पटक कन्भर्सन गरेको थियो । एक ट्राइ बराबर ५ अंक र एक ट्राइ  बराबर २ अंकका हिसाबले ३ ट्राइको १५ र १ कन्भर्जको २ गरि १७ अंक ल्याएको हो । नुवाकोट रग्वीले भने एक ट्राइ गरेको थियो ।

पुरुष तर्फको उपाधि विजेता भक्तपुर रग्वीले नगद १५ हजार पुरस्कार प्राप्त गर्दा उप विजेता भएको नुवाकोट रग्वीले १० हजारमा चित्त बुझयो । भक्तपुरका सविन महत उत्कृष्ट खेलाडी चुनिए । उनले नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्ग शनिबार महिलातर्फको उपाधि मकवानपुरले जितेको छ । मकवानपुरले काठमाडौंलाई १ ट्राइले नै उपाधि जित्न पर्याप्त भयो । मकवानपुरले उपाधिसँगै नगद १० हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको उपाधि विजेता टिम तथा खेलाडीहरुलाई रग्वीसंघका अध्यक्ष टंकलाल घिसिङले पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
नेपाल रग्वी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा पुरुष तर्फ ७ टोली र महिला तर्फ ३ टोली सहभागी थिए ।

 

तपाइँको प्रतिक्रिया ।