टोखा अभियान सहकारीको १२औं बाषिर्क साधारण सभा सम्पन्न

टोखा अभियान सहकारीको १२औं बाषिर्क साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असोज १८/नविना श्रेष्ठ

टोखा नगरपालिका वडा नं ३ टोखा अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा आयोजित एक कार्यक्रम हिजो सम्पन्न भएको छ। असोज १६ गते शनिबार सपनतीर्थ प्राङ्गनमा आयोजित एक कार्यक्रम गरि मनाइएको छन्। कार्यक्रमको सभा उद्घाटन प्रमुख अथिति राष्ट्र बैंकको उपनिर्देशक कृष्ण घिमिरेले गरेका थिए।

संस्थाका अध्यक्ष कार्यक्रमका सभापति हरि कृष्ण श्रेष्ठले सहकारीको आ.व २०७७/०७८ को संस्थागत वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष सुर्यमान डंगोलले सहकारीको आ.व २०७७/०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

१२औं वार्षिक साधारण सभामा ऋण उपसमितिको तर्फबाट संयोजक प्रेमलाल महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो। त्यसैगरी लेखा समितिको तर्फबाट संयोजक सुमन श्रेष्ठले आ.व २०७७/०७८ को संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।

आर्थिक वर्ष २०७७/०७८ को लेखा प्रतिवेदनको प्रस्तुति:- १. लेखाविधि २.शेयर पूजी ३.जगेडा कोष ४.बैठक ५.जनशक्ति विकास ६.क्रिया खर्च ७.व्याजदर परिवर्तन ८.बचत तथा ऋण उत्पेरणा ९.लाभांश संस्थाले २०७७/०७८ को सम्पूर्ण हिसाब आम्दानी तथा खर्च गरेर बाँकी भएको नाफाबाट सम्पूर्ण शेयर सदस्यहरुलाई १५% प्रतिशतका दरले लाभांस दिने निर्णय गरेको समेत प्रस्तुत गरेका थिए।

कार्यक्रमका विशिष्ट अतिथि राम प्रसाद पौडेलले ६५ वर्ष अगाडि बखान सहकारी संस्था स्थापनाबाट सहकारी संस्थाहरूको स्थापना सुरुभएको बताए। नेपालमा विभिन्न किसिमका सहकारीहरु रहेको मध्ये सरकारी तथ्यांकले जनाएको ३५ हजार सहकारी रहेको थियो भने अहिले पछिल्लो समयमा २०७७/०७८ को आर्थिक सर्वेक्षणले निकालिएका

एउटा दाताले २९ हजार ८ सय ८६ वटा सहकारी संस्थाहरु विभिन्न उद्देश्यले रहेको जानकारी दिनुभयो। जसमध्ये रहेको सहकारीहरु बचत तथा ऋण, बहुउद्देश्यीय, उपभोक्ता लगायत विभिन्न उद्देश्यका संस्थाहरु हालसम्म रहेको तथ्यांकले देखाइएको बताए। झदै ९० हजार व्यक्तिहरुले सहकारी हरुबाट रोजगार पाएको दाताले देखाएको पौडेलले जानकारी दिए ।

यसै कार्यक्रमका प्रमुख अतिथि कृष्ण घिमिरेले सरकारी संस्थाले मानिसहरूलाई ऋण लिन सिकाएको र ऋण लिई व्यवस्थित ठाउँमा लगानी गर्न सिकाएको देख्न सकिन्छ ।संस्थाको शेयरधनी सदस्यहरूको आर्थिक विकास शेयरधनीहरुको हितको लागि तथा सर्वांगीण हित विकासको लागि संस्थाको योगदान हुने प्रतिबद्धता जनाउनुभयो टोखा अभियान बचत तथा ऋण सहकारी संस्थाबाट SEE मा उत्रिन भएका २०७७/०७८ सालका विद्यार्थीहरुलाई प्रमाण पत्र दिई सम्मान गरेको देख्दा आफूलाई खुसी भयको बताए।

संस्थाका अध्यक्ष कार्यक्रमका सभापति हरि कृष्ण श्रेष्ठले कार्यक्रममा उपस्थित प्रमुख अतिथि , विशेष अतिथि, अतिथिहरु सम्पूर्णमा न्यानो अभिबादन गर्दै टोखा अभियान बचत तथा ऋण सहकारी संस्थाको १२ बार्षिक साधारणसभा सम्म आइपुग्दा विभिन्न चुनौतीहरु र समस्याहरु पार गर्दै आज यहाँ सम्म पुग्न सफल भएको बताए। २०७२ सालको भूकम्प, नाकाबन्दी तथा २०७७ र २०७८ सालको कोरोना भाइरसले गर्दा कयौंले ज्यान गुमाए, धेरै संघ संस्था बन्द भएता पनि टोखा अभियान संस्था भने यस्ता समस्याहरु बाट अगाडि बढ्ने योजनाबद्ध भएर अघि बढिरहेको जानकारी दिए ।

संस्थाले ग्राहकहरु को सुविधालाई मध्यनजर गरी संस्थामा धेरै रेमिटेन्सको सब एजेन्ट लिन सफल भएको बताए। रेमिटान्सको एजेन्ट जस्तै:- प्रभु रेमिटान्स,आइ.एम.ई रेमिटान्स, हिमाल रेमिटान्स, वेस्टर्न युनियन र मनिग्राम रेमिटान्स समेत संस्थाले राख्न सफल भएको सभाका सभापति श्रेष्ठले जानकारी दिए । टोखामा सबैभन्दा धेरै रेमिटान्सको कारोबार गर्ने सहकारी संस्थाको रुपमा टोखा अभियान सहकारी रहेको प्रतिबद्धता जनाउनुभयो।

यस सहकारी संस्थाको भावी योजनाहरु संस्थाका अध्यक्ष सभाका सभापति हरिकृष्ण श्रेष्ठले जानकारी दिएका थिए

भावी योजनाहरु:

१. शेयर पूजी सम्बन्धमा

२. सदस्य संख्या

३. लाभांश पारित गर्ने सम्बन्धमा

४. बचत संकलन

५. रेमिटान्सको थप सेवा

६. शेयर कार्यक्रम

७. बुद्ध शेयरधनी कार्यक्रम

८.भाखा नाघेको ऋण सम्बन्धमा स

कार्यक्रममा उपस्थित सम्पूर्ण तथा कार्यक्रमको लागि ठाउँ उपलब्ध गराई सहयोग गरेका सपनतीर्थ द्मं.खलक परिवार समेतलाई धन्यवाद व्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।