बुढानिलकण्ठ नगरपालिका वडा नं २ द्वारा युवा क्लबहरुलाई खेलकुद सामाग्री प्रदान

बुढानिलकण्ठ नगरपालिका वडा नं २ द्वारा युवा क्लबहरुलाई खेलकुद सामाग्री प्रदान

कपन अनलाइन

काठमाण्डौ ,असोज १८/ शिरिष पौडेल

बुढानिलकण्ठ नगरपालिका वडा नं २ले स्थानिय युवा क्लबहरुलाई खेलकुद सामाग्री वितरण गरेको छ । बुढानिलकण्ठ नगरपालिकामा बुढानिलकण्ठ युवा समाजद्वारा आयोजित छैँटौ बूढानिलकण्ठ नगर कपलाई लक्षित गरेर वडा भित्रका विभिन्न युवा क्लबलाई फुटबल खेलको खेलकुद सामाग्री वितरण गरेको हो ।

वडा भित्र रहेका तौलुङ युवा क्लव, वासिकु युवा क्लव र नव युवा क्लबलाई वडाले प्रतियोगिताका लागी सहजिकरण गरिदिने उद्यश्यले जर्सी, बुट, मोजा , फुटबल जस्ता सामाग्री प्रदान गरेको हो ।

यस वडाले अघिल्ला बर्षहरुमा पनि युवाहरुलाई प्रोत्साहन गर्ने उद्यश्यले विभिन्न गतिविधि गर्दै आएको र आउने दिनहरुमा पनि युवालाई अघि बढाउन आफ्नो तर्फबाट जुनसुकै किसिमको सहयोग गर्न तयार रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं २ वडा सदस्य राजेन्द्र श्रेष्ठले बताए । खेलकुद सामग्री पाउँदा र वडाले आफुलाई खेलकुदमा प्रोत्साहन गर्दा आफु निकै खुसी रहेको नव युवा क्लबका एक खेलाडिले बताए ।

तपाइँको प्रतिक्रिया ।