प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा गौशाला चोकमा मास्क वितरण

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा गौशाला चोकमा मास्क वितरण

कपन अनलाइन

काठमाण्डौ ,असोज १७।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय प्रहरी बृत्त गौशाला,महानगरीय टाफिक प्रहरी प्रभाग गौशाला , सामुदायिक सेवा केन्द्र चावहिल र सामुदायिक प्रहरी सेवा केन्द्र चावहिलको सयुक्त आयोजनामा “तपाईंको माक्स खै”? कार्यक्रम काठमाडौं गौशाला चोकमा आइतबार मास्क वितरण गरेका छन।

प्रहरी दिवसको अवसरमा ‘तपाइको मास्क खोई कार्यक्रम’ कार्यक्रममा प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामा, बाग्मति प्रदेश सभाका सभासद नरोत्तम बैंध, काठमाडौं महानगरपालिका ७ का वडा अध्यक्ष सुद्ध कुमार डंगोल, ८ का वडा अध्यक्ष दिनेश डंगोल, ९ का वडा अध्यक्ष रामकृष्ण श्रेष्ठ, ७,८ र ९ का वडा सदस्यहरु, सामुदायिक सेवा केन्द्र चावहिलका अध्यक्ष उद्धव वडाल, उपाध्यक्ष धुर्व प्रसाद न्यौपाने लगायत पदाधिकारी र सदस्यहरु,पशुपति बिकास कोषका कार्यकारी निर्देशक घन श्याम खतिवडा,माइती नेपालका प्रमुख अनुराधा कोइराला, पूर्व प्रहरी अधिकृतहरु, ७,८,९ वडा भित्र रहेका सामाजिक संघ संस्था टोल सुधार समितिका अध्यक्ष लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

गौशाला चोकमा स्थानीयवासी, सवारी साधन तथा पैदल ओहोरदोहोर गर्ने महानुभावहरूलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीको साथै उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरू अन्य अतिथिहरुले मास्क तथा जनचेतनामूलक पर्चा वितरण गर्नुभएको हो ।

उक्त अवसरमा बोल्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मास्क वितरण गर्दै प्रहरीको हरेक काम कारबाहीमा आम नागरिकको उपस्थिति नेपाल प्रहरीलाई प्रेरणादायी स्रोतको रुपमा रहेको बताए। नेपालीहरूको महान पर्व वडादशै र तिहारको पूर्वसन्ध्यामा हार्दिक शुभकामना व्यक्त गर्दै उनले “यो दशैं उल्लास तर सतर्कता सहित, सामिप्यता तर भौतिक दूरी कायम गर्दै मास्क सहित मनाउन अनुरोध गरेका थिए ।”

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक जनक भट्टराई र महानगरीय प्रहरी बृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले ब्याज लगाई प्रमुख अतिथि र अतिथिहरुको स्वागत गरेका थिए ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशालाका प्रमुख प्रहरी निरिक्षक सुजित देवकोटा र सामुदायिक प्रहरी सेवा केन्द्र चाबहिलका प्रहरी नायब निरीक्षक राजेश कार्कीले कार्यक्रमको ब्यवस्थापन गरेका थिए साथै सामुदायिक प्रहरी सेवा केन्द्र चाबहिलका प्रहरी हवल्दार शान्ति संजेल प्रहरी जवान बालकुमारी थापा क्षेत्रीले सहयोगी भुमिका निभाएका थिए भने कार्यक्रम सामुदायिक सेबा केन्द्र चावहिलका महासचिव आशिष श्रेष्ठले संचालन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।