कागेश्वरी -८ खोर्सानी चापाबोटमा नवनिर्मित सामुदायिक ज्येष्ठ नागरिक भवन उद्घाटन

कागेश्वरी -८ खोर्सानी चापाबोटमा नवनिर्मित सामुदायिक ज्येष्ठ नागरिक भवन उद्घाटन

कपन अनलाइन

काठमाडौँ, असोज १७। जेष्ठ नागरिक दिवसको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ खोर्सानी चापाबोटमा नवनिर्मित सामुदायिक ज्येष्ठ नागरिक भवनको नगर प्रमुख कृष्णहरि थापाले उद्घाटन गरेका छन ।उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख  थापाले     जेष्ठ नागरिक लाई प्रत्यक्ष रुपमा टेवा पुग्ने र यस्ता जेष्ठ नागरिक तथा अन्य समाजको हक हित सङ्ग समबन्धित कार्यका लागी आफु र नगर सधै अग्रसर र तत्पर रहेको  बताएका थिए। उनले  ज्येष्ठ नागरिकहरुको हक अधिकारका लागि आफूले सक्दो पहल गरिरहेको बताउदै ज्येष्ठ नागरिकहरुको हक हितका लागि नगरपालिका प्रतिबद्ध रहेको पनि जानकारी गराएका थिए ।

सोहि दिन उक्त स्थानमा कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको स्वास्थ्य शिबिरमा  १ सय ५० जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त कार्यक्रममा  ज्येष्ठ नागरिकहरुको तर्फबाट स्वास्थ्य क्षेत्रमा लामो सयमदेखी क्रियाशिल कागेश्वरी मनोहरा नगरपालिकाका स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालालाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत ज्येष्ठ नागरिकहरुको तर्फबाट नगर प्रमुख कृष्णहरि थापाले  सम्मान  समेत गरेका थिए  ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष श्रीकृष्ण प्रसाद चापागाई लगायत जनप्रतिनिधिहरु र नगरपालिकामा भएका ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।