वर्तमान सरकार संग धेरै अपेक्षा गर्न सकिदैन : प्रकास शरण महत

वर्तमान सरकार संग धेरै अपेक्षा गर्न सकिदैन : प्रकास शरण महत

कपन अनलाइन

काठमाण्डौ ,असोज १७ ।

नेपाली कांग्रेसका सह महामन्त्री प्रकास शरण महतले वर्तमान सरकार संग धेरै अपेक्षा गर्न नसकिने बताएका छन।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर अधिवेसनको उद्घाटन शत्रमा बोल्दै महतले नेपाली कांग्रेसले अचानक र अनपेक्षित रुपमा सरकारको नेतृत्व गर्नु परेको बताउदै धेरै अपेक्षा गर्न नसकिने बताएका हुन।

नेपाली कांग्रेसलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्ने जनादेश दिएता पनि कम्युनिष्टहरुको कारण अचानक सरकारको नेतृत्व लिने अवस्था आएको भन्दै उनले विभिन्न दलको गठबन्धन सरकारलाई  प्रभावकारी काम गर्न अफ्ट्यारो रहेको बताएका छन।

अहिलेको सरकारको प्राथमिकतामा कोरोना विरुद्धको खोप रहेको बताउदै उनले अन्य क्षेत्रमा आगामी निर्वाचन बाट स्पस्ट बहुमत सहित सरकार बनाए पछी निकै प्रभावकारी रुपमा काम गर्न सकिने धारणा राखेका थिए।

तपाइँको प्रतिक्रिया ।