बुढानिलकण्ठ नगरपालिकामा मैले धेरै अपमान सहनु परेको छ : गगन कुमार थापा

बुढानिलकण्ठ नगरपालिकामा मैले धेरै अपमान सहनु परेको छ : गगन कुमार थापा

कपन अनलाइन

काठमाण्डौ ,असोज १७ ।

नेपाली कांग्रेसका नेता तथा काठमाण्डौ क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले बुढानिलकण्ठ नगरपालिकामा आफुले  धेरै अपमान सहनु परेको बताएका छन।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर अधिवेसनको उद्घाटन शत्रमा बोल्दै थापाले बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो क्षेत्र बाट निर्वाचित सांसदको पटक पटक अपमान गरेको भन्दै दुख व्यक्त गरेका हुन।

कोरोना प्रकोपको नियन्त्रणका लागि आफुले यस निर्वाचन क्षेत्रमा धेरै काम गर्ने अवसर हुँदा हुदै पनि नेकपा एमालेको तर्फ बाट निर्वाचित बनेका स्थानीय जनप्रतिनिधिको असहयोगका कारण काम गर्न नसकिएको बताउदै थापाले आउने स्थानीय निर्वाचन जसरि पनि जित्ने गरी तयारी थाल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए।

नेपालका अन्य स्थानीय तहमा आफुलाई सहयोग र सहकार्य भएको स्मरण गर्दै उनले आफ्नै निर्वाचन क्षेत्रका बुढानिलकण्ठ नगर प्रमुख र वडा समितीहरुले भने सहकार्य र समन्वय नगरेको भन्दै आक्रोस व्यक्त गरेका थिए।

आफुले पटक पटक पहल गर्दा समेत स्थानीय जनप्रतिनिधिहरुले राजनीतिक प्रतिसोध राखेर बेवास्ता गरेको भन्दै आगामी स्थानीय तहको निर्वाचन जित्ने योजना बनाउनु पर्ने धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।