काठमाण्डौ महानगर -७ मा अनेम संघ ( समाजवादी ) गठन

काठमाण्डौ महानगर -७ मा अनेम संघ ( समाजवादी ) गठन

कपन अनलाइन

काठमाण्डौ ,असोज १७ ।

नेपाल कम्युनिस्ट  पार्टी ( एकीकृत  समाजवादी) निकट अखिल नेपाल महिला संघ  काठमाडौ  महानगरपालिका  ७ वडा  कमिटी  गठन भएको छ।

काठमाडौ महानगरपालिका वडा नं  ७ मित्रपार्कको  आ.बि. होमपाटी प्यालेसमा भएको भेलाले   बिनु क्षेत्रीको अध्यक्षताम ४५ सदस्यीय  वडा  कमिटी गठन गरेको छ ।सो कमिटीको उपाध्यक्षमा चना परियार ,सचिवमा संगीता नेपाल ,सहसचिवमा रमा स्थापित र कोषाध्यक्षमा विद्या घिमिरे चयन भएका छन ।

अनेम संघ  ( समाजवादी ) की   केन्द्रिय  सदस्य एवम्  काठमाडौ  सहइन्चार्ज   निर्मला पुडासैनीको अध्यक्षतामा र नेकपा (एस) काठमाडौ  जिल्ला कमिटीका सचिव तथा  बागमती  प्रदेशका सभासद कुसुम  कुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाले कमिटी गठन गरेको हो ।

सो भेलामा  बागमती  प्रदेश कमिटी सदस्य सीता ओझा, कामपा ७ वडा अध्यक्ष तथा जिल्ला सदस्य शुद्ध कुमार डंगोल तथा सदस्यहरु धुर्व प्रसाद न्यौपाने ,कृष्णप्रसाद घिमिरे, धरणिधर अधिकारी , राधा दाहाल,क्षेत्रिय उपाध्यक्ष  ललितमान श्रेष्ठ, अनेम संघ क्षेत्रिय संयोजक रेनुका पराजुली,नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर सदस्य राजन गौतम, बिष्णु खतिवडा लगायत ७ वडा पार्टिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।