नेकपा एमाले बुढानिलकण्ठ -१० ले असोज २१ गते चियापान कार्यक्रम आयोजना गर्ने

कपन अनलाइन

काठमाण्डौ ,असोज १७ ।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीले  बडादशैँ, शुभदिपावली एबम छठ लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा  चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ।

असोज २१ गते घटस्थापनाको दिन बिहान ७ बजे मिलनचोक पार्टी भेन्यु कपनमा कार्यक्रम आयोजना गर्न लागिएको नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटि अध्यक्ष जगत निरौलाले जानकारी दिएका छन्।

क्त कार्यक्रमको तयारी स्वरूप उक्त पार्टीले वडा कमिटि लगायत पार्टीका अनेमसंघ, राष्ट्रिय युवा संघ सहित सम्पूर्ण जनबर्गिय संगठन परिचालन गर्ने र घर घरमा निमन्त्रणा पुर्याउने योजना बनाएको सचिव शम्भु पौडेलले जानकारी दिएका छन्।

तपाइँको प्रतिक्रिया ।