बुढानिलकण्ठ -१२ मा काैसी खेती तालिम तथा कृषि सामाग्री वितरण

बुढानिलकण्ठ -१२ मा काैसी खेती तालिम तथा कृषि सामाग्री वितरण

कपन अनलाइन

काठमाण्डौ ,असोज १७ ।

आशाकाे साथी नेपाल र बुढानिलकण्ठ नगरपालिका वडा न १२ काे सहकार्यमा यय वडामा वसाेवास गर्ने विभिन्न महिला समूह , टाेल सुधार समिति र अन्य वडा वासिहरूलाई समेटि एक दिने कौसी  खेती तालिम सन्चालन गरिएको छ ।

वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईकाे प्रमुख आतिथ्यतामा सन्चालन भएकाेकार्यक्रममा कार्यपालिका सदस्य शान्ता ढकाल , वडा सदस्य डिल्ली खतिवडा , वडा सदस्य मिना वयलकाेटी , महिला  सन्जालकी  अध्यक्ष सुनिता श्रेष्ठ तथा विभिन्न महिला समुहका अध्यक्षहरूकाे उपस्थिति रहेको थियो।

आशाको साथीकी  अध्यक्ष निर्मला काफ्ले दाहालकाे अध्यक्षतामा  भएकाे कार्यक्रममा  प्रशिक्षकहरूद्वारा काेकाेपिटकाे प्रयाेग , खेतिका लागि आवश्यक सामाग्री र राेग किरा नियन्त्रण विषयमा प्रशिक्षण दिईएकाे थियाे ।

वडाका झण्डै एक सय घरपरिवार लाभान्वित हुने  साे कार्यक्रममा अनुदानमा आधारित काेकाेपिट, मल , ग्राे व्याग ,बीउ विजन तथा भिटामिनकाे वितरण गरिएकाे थियाे।

साे कार्यक्रम संस्था कि सचिव पुष्पा खड्का थापाले सन्चालन गरेकी थिइन् भने  उपाध्यक्ष मिना सापकोटा ,काेषाध्यक्ष कमला ढुगांना लगायतको पनि उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।