नेपाली कांग्रेस बुढानिलकण्ठका पदाधिकारीमा सबैभन्दा बढी भोट बिजेन्द्र श्रेष्ठलाई ,कति मत ?

नेपाली कांग्रेस बुढानिलकण्ठका पदाधिकारीमा सबैभन्दा बढी भोट बिजेन्द्र श्रेष्ठलाई ,कति मत ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १६।

नेपाली कांग्रेस बुढानिलकण्ठका पदाधिकारीमा सबै भन्दा बढी भोट बिजेन्द्र श्रेष्ठले प्राप्त गरेका छन। आज भएको नगर अधिवेसनमा श्रेष्ठले सबैभन्दा बढी २०६ मत प्राप्त गरेका थिए।

नगर सभापतिमा निर्वाचित राजाराम बुढाथोकीको प्यानल बाट सचिवमा उम्मेदवार रहेका उनले अन्य पदाधिकारी भन्दा बढी मत ल्याएका हुन्।श्रेष्ठ पछी दोश्रो बढी भोट उपसभापतिमा निर्वाचित सानु कान्छा श्रेष्ठले १८१ मत प्राप्त गरेका छन भने तेस्रो बढी मत सचिवमा निर्वाचित  बिजेन्द्र पुडासैनीले १७१ प्राप्त गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।