Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/243027276_850628175635591_3687476523218350970_n-e1632973227396.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिकामा रेबिज रोगबिरुद्धको खोप शुभारम्भ

काठमाडौं, असोज १४ । गोकर्णेश्वर नगरपालिकामा रेबिज रोगबिरुद्धको खोप कार्यको शुभारम्भ भएको छ । कुकुर तथा जंगली पशुको टोकाइबाट मानिसमा सर्ने रेबिज बिरुद्धको खोप नगरपालिकाका स्वास्थ्य शाखाहरुबाट दिने ब्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायले कपन अनलाइनलाइ जानकारी गराए।रेबिज बिरुद्धको खोप टेकु अस्पतालबाट निशुल्क तथा शुल्क तिरेर निजी अस्पताल र स्वास्थ्य संस्थामा लगाउने पाइने गरेकोमा अब गोकर्णेश्वर नगरपालिकाबाटै दिन थालिएपछि यस क्षेत्रका बासिन्दा लाभान्वित हुनेमा बिश्वस्त रहेको जानकारी गराए ।तत्कालका लागि बालुवा स्वास्थ्य चौकी सुन्ताखान, गोकर्ण प्राथमिक अस्पताल, गोकर्ण र शहरी स्वास्थ्य केन्द्र जोरपाटीमा रेबिज बिरुद्धको खोप लगाइने पनि उनले जानकारी गराए  ।

रेबिजबिरुद्धको खोप शुभारम्भका लागि गोकर्णेश्वर नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच टेकु अस्पतालबाट आएका स्वास्थ्यकर्मीहरुले गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाई रेविज बिरुद्धको खोप (भ्याक्सिन) हस्तान्तरण गरिएको  पनि उनले बताएका छन। उक्त कार्यक्रममानगरप्रमुख चालिसेले रेबिजबिरुद्धको खोप निःशुल्क लगाउन टेकु अस्पताल पुग्नुपर्ने र निजी अस्पतालहरुमा महंगो शुल्क पर्ने भएकाले आफ्नो नगरपालिकाभित्र बढीभन्दा बढी स्थानमा खोपको प्रबन्ध गर्ने योजना रहेको  जानकारी गराएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए ।

 

तपाइँको प्रतिक्रिया ।