नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापतिमा रामजी श्रेष्ठको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापतिमा रामजी श्रेष्ठको उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाडौँ,असोज १४ । नेपाली कांग्रेस  गोकर्णेश्वर नगर सभापतिमा रामजी कुमार  श्रेष्ठले उम्मेदवारी घोषणा गर्दै प्रचार अभियान शुरु गरेका छन।  नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ४को वडा अधिबेसन बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित श्रेष्ठले बुधबार नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं ४  इकाइ समितिको  प्रथम बैठकमाआफुले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन।

स्व. सन्त नेता कृष्ण प्रसाद भट्टराईको हात बाट २०४४ सालमा  क्रियाशिल सदस्यता लिएका श्रेष्ठ  नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रामलाल श्रेष्ठका सुपुत्र समेत हुन ।नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहे पनि कुनै पनि पदमा नबसेका रामजी श्रेष्ठ सामाजिक कार्यमा भने अग्रसर हुदै आएका छन।  उनि गोकर्ण जेसिजका संस्थापक अध्यक्ष र The vetiver Network International USA का कोर्डिनेटर हुन भने भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालको प्रमुख कार्यकारी अधिकृत समेत हुन ।पार्टीमा युवा नेतृत्वलाई मौका दिनुपर्ने भन्दै पार्टीको विकास र पार्टी संगठनलाइ सबल एवं मजबुत बनाउँदै जनतामाझ लोकप्रिय बनाइ तिनै तहका निर्वाचनमा  पार्टीलाइ विजयी बनाउन भन्दै  श्रेष्ठले सभापतिमा उम्मेदवारी दिएको बताएका छन ।

गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसको  समार्थ्य र शक्ति आफुले बुझेको भन्दै  श्रेष्ठले आन्तरिक संगठन व्यवस्थापन र प्राविधिक पक्षको तयारी प्रभावकारी गर्न सकेमा आउदो निर्वाचन सजिलै जित्न सकिने धारणा राख्दै सभापतिमा उम्मेदवारी दिएको बताएका छन। श्रेष्ठले निर्वाचनमा काँग्रेसले अघि सारेका उम्मेदवारहरुलाई जिताएर काँग्रेसको गुमेको साख फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन भने  काँग्रेसमा आत्मियता र हार्दिकता स्थापित गरी गुट उपगुटको अन्त्य गर्दै एकताबद्ध काँग्रेस निर्माण गर्न लागि पर्ने समेत बताएका छन।कांग्रेसमा अधिवेशन र चुनावमा मात्र कार्यालय खोल्ने जस्तो परम्परालाई तोड्दै व्यवस्थित नगर पार्टी कार्यालय सञ्चालन मार्फत नियमित गतिविधि र अभियान संचालन गर्ने योजना सुनाउदै उनले नेपाली कांग्रेस  गोकर्णेश्वरमा  सबैलाई सम्मान जनक रुपमा समेट्ने बताउदै क्षेत्रीय प्रतिनिधिहरूलाई समर्थन र सहयोग गर्न अनुरोध गरेका छन । ।

तपाइँको प्रतिक्रिया ।