ह्याण्डल मैदान निर्माण समिति बन्यो ।

ह्याण्डल मैदान निर्माण समिति बन्यो ।

२०७१ फागुन ३० गते/बुढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित रहेका ह्याण्डबल मैदानको निर्माण समिति गठन भएको छ । नागरीक वडा मञ्च सदस्य श्याम डोटेल, सहसंयोजक मधु अधिकारी तथा कार्यसमिति सदस्य सत्यनारायण अधिकारी लगायत स्थानीयवासी तथा विभिन्न समाजिक संघसंस्थाहरुको उपस्थितीमा समिति बनको हो ।

10999798_601784616590393_261452468_o

अन्तराष्ट्रिय स्तरको कर्भडहल बन्ने महत्वकांक्षी उद्येश्य बोको सो मैदान कपनको खेलकुद विकासको सम्भावना बोकेको मैदान हो । मैदान निर्माणका लागि काठमाडौं जिल्ला ह्याण्डबल संघका सचिव बदि« भट्टराईको अध्यक्षयतामा १७ सदस्यी समिति गठन भएको छ । उपाध्यक्षमा देवकी न्यौपाने , सिद्धेश्वर क्लबका सिताराम थापा सचिवमा सुमन थापा , कोषाध्यक्षमा फ्रेण्डशिप क्बलका समेत कोषाध्यक्ष रहेका कर्ण तामा∙ रहेका छन । त्यसैगरी स्थानीय युवाहरुको तर्फबाट विनोद कटुवाल ज्योती के.सी., प्रकाश गुरु∙ रहेका छन भने स्थानीय तहबाट नविन थापा , खेलाडीहरुको तर्फबाट प्रज्जवल थापा र दिपेश श्रेष्ठ स्थानीय क्लब प्रतिनिधी विक्रम राई रहेका छन । सो समितिमा अन्य सहयोगी स्थानीय तथा युवाहरुलाई समेत समेटिएको छ । निर्माण कार्य अनुगमनका लागि नागरीक वडा मञ्चाका संयोजक श्याम डोटेलको संयोजकत्वमा सात सदस्यी समिति समेत बोनेको छ । हाल सो मैदानको तारजाली लगाउनका लागि पाँच लाख विनियोजन भएको छ । सो कार्य सम्पन्न गर्नका लागि भने छ लाख लाग्ने बुढानीलकण्ठ नगरका प्राविधिक विजेन्द« श्रेष्ठले बताएका छन ।
अव्यवस्थित रुपमा सञ्चालन रहेको सो मैदानको व्यवस्थापनका लागि निर्माण समितिले विभिन्न निति नियमहरु लागु गरेर मैदानलाई भौतीक संगै खेलकुद गतिविधिलाई समेत व्यवस्थित गरेर लैजाने नवगठित निर्माण समितिका कोषाध्यक्ष कर्ण तामा∙ले कपन अनलाईन लाई बताए ।

कपन साहित्य समाजको भवन निर्माण समिति पनि बन्दै
बुढानीलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको साहित्यक संस्था कपन साहित्य समाजको भवन निर्माणको समिति पनि बन्ने क्रममा रहेका नागरीक वडा मञ्चका संयोजक श्याम डोटेलले कपन अनलाईनलाई बताएका छन । उनका अनुसार कपन साहित्य समाजको भवन निर्माण समितिको अध्यक्षमा माधव आचार्य तथा सचिवमा युवराव संग्रौला तथा सदस्यमा शान्ती तिवारी रहेका छन । समितिले पूर्णता भने पाउन सकेको छैन ।

तपाइँको प्रतिक्रिया ।