“पेपर म्यारिज मार्फत नेपाली युवतीहरूलाई चीन तथा कोरियामा बेचबिखन गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गिरोह पक्राउ”

“पेपर म्यारिज मार्फत नेपाली युवतीहरूलाई चीन तथा कोरियामा बेचबिखन गर्ने  राष्ट्रिय तथा अन्तराष्ट्रिय गिरोह पक्राउ”

कपन अनलाइन  २०७१ फागुन ३० गते/

मानव बेचबिखनमा संलग्न कोरियन नागरिक सहित ३ जना लाइ  प्रहरीले पक्राउ गरेकोछ ।चुनदेवी स्थित छेरु ईन्टरनेशनल म्यारीज व्यूरो नामक कंम्पनीमा खानतलसी गरी  कोरिया जाने प्रक्रियामा रहेका ५ जना पिडित युवतीहरू र चीनमा बेचिएर फर्किएकी १ जना युवती समेत गरी जम्मा ६ जनालाई प्रहरीले  उद्धार गरेको हो ।

म्यारिज ब्यूरोको कार्यालयमा खानतलासी गर्दा बिभिन्न  प्रमाणहरु सहित उनीहरुलाई  पक्राउ गरीएको र  मानब बेचबिखन तथा ओसार पसार मुद्धा र संगठित अपराधमा समेत मुद्धा दर्ता गरी काठमाण्डौ जिल्ला अदालतबाट निजहरुलाई प्रहरी हिरासतमा राख्ने म्याद थप लिई आवश्यक अनुसन्धान कारबाही भईरहेको प्र.उ. किरण बज्राचार्यले कपन अनलाइन लाइ बताए  ।

को को परे पक्राउ ?

01 (4)

 

  • नाम थर:- पासाङ शेर्पा भन्ने छेरू शेर्पा उमेर:- ५२ बर्ष

ठेगाना:- जिल्ला संखुवासभा, मकालु-५ घर भई हाल का.जि. साबिक धापासी हाल टोखा न.पा.१ बस्ने ।

पेशा:- छेरू इन्टरनेशनल म्यारीज व्यूरोको संञ्चालक

 

संलग्नता:  नेपाली युवतीहरूलाई बिभिन्न प्रलोभन देखाई चीन कोरिया लगायतका देशका नागरिकहरू सँग विवाह गराउने तथा कोरियन, चीनिया दलालहरू सँग समन्वय गर्ने छेरू इन्टरनेशनल प्रा.लि.की सञ्चालक

01 (5)

  • नाम थर:- HEE CHANG PARK उमेर:- ६१ बर्ष

ठेगाना:- Seoul / Inch eon Korea 422-25 ( Republic of South Korea)

संलग्नता:  कोरिया तथा चीनका पुरूषहरूलाई नेपाली युवतीहरूको फोटो देखाई नेपाल वोलाउने दलालीको काम

01 (6)

  • नाम थर:- विपिन नगरकोटी उमेर:- ३२ बर्ष

ठेगाना:-का.जि.साबिक महांकाल गा.वि.स वडा नं. ६ हाल बुढानिलकण्ठ न.पा.वडा  नं.१०

पेशा:- गाडी चालक

संलग्नता:  नेपाली युवतीहरूलाई ललाई फकाई छेरू इन्टरनेशनल प्रा.लि. को कार्यमा  सहयोग गर्ने

के के भेट्टायो प्रहरीले  Chheru International Pvt. Ltd. चुनदेवी, काठमाण्डौंबाट  ?

का.जि. का.म.न.पा. ४ चनुदेवी स्थित पासाङ भन्ने छेरू शेर्पाले पुरै घर भाडामा लिई Chheru International Pvt. Ltd. संञ्चालन गरि बसेको।

01 (7)उक्त घरमा नेपाली युवती र विदेशी पुरूषहरूलाई विवाह पश्चात राख्न ५ वटा कोठाहरू रहेको।

01 (9)

  • Chheru International Pvt. Ltd. मा नै बस्ने खाने व्यवस्था गरेको।
  • उक्त घरमा विवाह गराए देखी विदेश नपठाए सम्म युवतीहरूलाई कोठामा राख्ने व्यवस्था गरेको।
  • 01 (8)
  • उक्त घरको Under Ground कोठामा ८/९ जना युवतीहरूलाई राख्ने गरेको।

विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा विवाह दर्ता

ललितपुर, भक्तपुर लगायतका जिल्ला प्रशासन कार्यालयहरूबाट नेपाली युवतीहरूको अस्थाई  बसोबास देखाई सेटिङ मिलाई दलालहरू मार्फत विवाह दर्ता गराउने गरेको।

01 (1) 01 (2) 01 (10)

प्राय कम उमेरका  मंगोलियन अनुहारका युवतीहरूलाई लक्षित गरी छान्ने गरेको।

कोरिया तथा चीन लाने प्रक्रिया कस्तो छ 

01 (3)

  • युवतीहरूको म्यारिज ब्यूरोकै खर्चमा नागरिकता र राहदानी बनाई दिने गरेको
  • दलालहरू मार्फत विवाह दर्ताको लागी गा.वि.सको सिफारिस, अविवहित सिफारिस पत्र लगायतका आवस्यक कागजातहरू तयार पार्ने गरेको
  • दलालहरू मार्फत विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट विवाह दर्ता गर्ने गराउने गरेको
  • विवाह दर्ता पश्चात युवतीहरूलाई कोरियन तथा चाईनिज भाषा सिक्न लगाउने गरेको
  • विवाह दर्ता पश्चात भिषाको लागी आवश्यक कागजातहरू सम्बन्धित दुतावासमा पेश गर्ने गरेको
  • भिषा लागी आए पश्चात म्यारिज ब्यूरोकै खर्चमा हवाई टिकट समेतको व्यवस्था गरी कोरिया तथा चीन पठाउने गरेको
  • कोरिया तथा चीन पुगे पश्चात नेपाली युवतीहरू शारिरीक तथा मानसिक यातना पाई यौन शोषणमा पर्ने गरेको, निजहरूलाई बच्चा पाउन मेशिन जस्तो व्यवहार हूने गरेको, बच्चा पाउनकै लागी १५ देखी २० लाख रूपैया खर्च गरेर खरिद गरी ल्याएको बच्चा नपाए ज्यान मारी दिने धम्की दिने गरेको, नेपालमा भनिए अनुसारको काम र सुविधा नपाए पछि निजहरू आफु बेचिएको भन्ने थाहा पाउने गरेको।
    • अनुसन्धानबाट खुलेका कुराहरू के के हुन् ? प्रहरीले दिएको जानकारी  ।
    • पासाङ शेर्पा भन्ने छेरु शेर्पाले का.जि.का.म.न.पा.वडा नं.४ स्थित ठुलो घर भाडामा लिई सो घरमा छेरु ईन्टरनेशनल म्यारीज व्यूरो नामक कंम्पनी संचालन गरेको ।
    • उक्त म्यारीज व्यूरोमा छेरू शेर्पा र विपिन नगरकोटी भई बिभिन्न जिल्लाका नेपाली युवतीहरुलाई सम्पर्कमा ल्याई कोरियन र चाईनिज पुरुषहरुसँग विवाह दर्ता गरेमा सजिलै कोरिया र चाईना गई मासिक रू. १ लाख भन्दा बढी कमाउन सकिने भनी विभिन्न लोभलालच तथा प्रलोभनहरु देखाउने ।
    • सम्पर्कमा आएका नेपाली युवतीहरुको फोटो खिचि कोरिया तथा चीनमा पठाइ त्यहांका पुरूषहरूलाई युवतीहरू छान्न लगाउने गरेको।
    • कोरियन र चाईनिज पुरुषहरुसँग विवाह दर्ता गरी कोरिया र चाईना जान इच्छुक भई सम्पर्कमा आएका नेपाली युवतीहरुलाई छनौट गर्ने कार्य पक्राउ कोरियन नागरिक PARK HEE CHANG ले गर्ने गरेको ।
    • युवतीहरूको छनौट पश्चात नेपाली युवतीसँग विवाह गर्न इच्छुक कोरियन र चाईनिज पुरुषहरुलाई नेपाल बोलाउने गरेको ।
    • कोरियन र चाईनिज पुरुषहरु आइपुगे पश्चात निजहरुलाई नेपाली युवतीहरू संग भेट गराई विवाह दर्ता सम्बन्धी प्रक्रियाको काम शुरू गर्ने गरेको ।
    • विवाह गराए वापत एक जना विदेशी पुरूषबाट निजको राष्ट्र नपुगेसम्म प्रति महिना USD 200 लिने गरेको।
    • विवाह दर्ता पश्चात नेपाली युवतीहरुको भिषा लगाई कोरियन र चाईनिज पुरुषसँगै जाने गरेको । यसरी लगिएका युवतीहरूलाई सम्बन्धित देशका अत्यन्त पिछडीएका दुर्गम स्थानहरूमा पुर्याई बच्चा (छोरा) पाउने लगायत अन्य अमानविय कार्यमा लगाउने गरेको।
    • विवाह गर्ने विदेशी पुरुष र नेपाली युवतीहरुको उमेर भिन्नता २० देखि ३० बर्ष सम्म हुने गरेको पाईएको ।
    • कोरिया र चाईना पुगेको नेपाली महिलाहरुलाई १५ देखि २० लाखसम्म खर्च गरी खरिद गरी ल्याएको भनी शारीरिक तथा मानसिक यातना दिने गरेको ।
    • विवाह भएका नेपाली युवतीहरूलाई आफ्नो श्रीमानको नाम, घर ठेगाना लगायत न्युनतम जानकारी समेत नभएको ।
    • त्यसरी विवाह दर्ता गराई चीनको उतरपूर्वी प्रान्तमा पु-याईएका पिडित युवतीहरूले आफूहरु बेचबिखनमा परेको भनी टेलिफोनबाट चीन स्थित नेपाली दूतावास बेइजिङमा सुचना गरेको पाईएको।
    • त्यसरी विवाह दर्ता भई चीनमा पु-याइएका नेपाली युवतीहरु सयौको संख्यामा हुन सक्ने र उनीहरू गम्भिर शारीरिक तथा मानसिक यातना पाई शोषणमा परी नरकीय जीवन विताउन बाध्य भएको भन्ने कुरा पिडितहरूबाट खुलेको।
    • Park Hee Chang टुरिस्ट भिषामा पटक पटक नेपाल आई लामो समय सम्म Chheru International Bureau चुनदेवीमै बस्ने गरेको।
    • निजले कोरिया जाने नेपाली युवतीहरूलाई कोरियन भाषा सम्बन्धि प्रशिक्षण समेत प्रदान गर्ने गरेको।
    • निजले कोरियामा समेत म्यारिज ब्यूरो सम्बन्धि कार्यालय संञ्चालन गरेको भन्ने बुझिएको।
    • यस सम्बन्धि अन्य कुराहरूको अनुसन्धान भई रहेको।
      • मानव बेचबिखनका पछिल्ला प्रवृतीहरू (Trends)
      • बैदेशिक रोजगारीको नाममा खाडी राष्ट्र तथा ईजरायल जस्ता मुलुकहरूको लागी श्रम स्वीकृती लिएर वा नलिएर वृद्ध वृद्धा तथा बालबालिकाको हेरचाहको लागी Care Giver र घरायसी कामदार (Domestic worker) को रूपमा लगी घर धनी लगायतका व्यक्तिहरूलाई बिक्री बितरण गरिने गरेको।
      • नाइजेरिया, तान्जनिया लगायतका विभिन्न अफ्रिकन तथा दक्षिण पुर्वी एसियाली राष्ट्रहरूमा नेपाल तथा भारतबाट टुरिस्ट भिषामा डिस्को, डान्स क्लब, रेष्टुरेण्ट, बार आदी जस्ता मनोरञ्जन क्षेत्र (Entertainment Sector) मा उच्च पारिश्रमिक दिने प्रलोभन देखाई लगी बेचबिखन तथा यौन शोषण गर्ने गरेको।
      • नेपाली युवतीहरूलाई चीन, कोरिया लगायतका देशका पुरूषहरू सँग म्यारिज ब्यूरो मार्फत विवाह गरी सजिलै त्यस्ता देश जान सकिने र त्यहां पुगेपछि राम्रो कमाई हुने भन्ने प्रलोभन देखाई चीन तथा कोरिया पुर्याइ बिक्री वितरण गरी जबर्जस्ती छोरा जन्माउने कार्यमा लगाउने गरेको।
तपाइँको प्रतिक्रिया ।