सोमवार कपनबाट हराएका बालक भारतमा भेटिए

सोमवार कपनबाट हराएका बालक भारतमा भेटिए

कपन अनलाइन

काठमाण्डौ,असोज १३।

काठमाडौंको कपनबाट हराएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन्। भारत घर भइ कपन बस्दै आएका विनोद शर्माका छोरा पियुष सोमबार दिउँसो साढे ४ बजेदेखि अचानक बेपत्ता भएपछि प्रहरीले अपहरणको आशंकामा खोजी सुरु गरेको थियो।

काठमाडौं प्रहरी परिसर, टेकुले भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्दा बालक भारतको बिहारमा बालक भेटिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले जानकारी दिएका छन।

उनले बालक सकुशल भएको र नेपाल प्रहरीले समन्वय गरिरहेकोसमेत बताएका छन्। सोमबार अपरान्ह ४ बजे बालकको घर नजिकै बस्ने शंकर दासले उनलाई लिएर हिँडेको देखिएको थियो।

मिस्त्री काम गर्दै आएका विनोदका दाजु मिठु शर्माको टहराबाटै बालक बेपत्ता भएको भन्दै प्रहरीले उजुरी दिएको थियो। विनोदका दाजु मिठु शर्माको टहरासँगै शंकर दासको पनि टहरा छ। बालकसँगै शंकर पनि गायब भएपछि उनैले अपहरण गरेको हुन सक्ने प्रहरीको आशंका गरेको छ। अपहरणमा परेको आशंका गरिएका बालक  र  दास दुवैको घर भारतको बिहारमा रहेको खुलेको छ।

तपाइँको प्रतिक्रिया ।