Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/raja-1-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेताहरुको बाक्लो उपस्थितिमा नगर सभापतिमा राजाराम बुढाथोकीको औपचरिक उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाण्डौ,असोज १३।

नेपाली कांग्रेसको तर्फ बाट बुढानिलकण्ठ नगरपालिकामा प्रतिनिधि रहेका नेता राजाराम बुढाथोकीले नेताहरुको बाक्लो उपस्थितिमा नगर सभापति उम्मेदवार बन्ने  औपचरिक घोषणा गरेका छन।

बुढानिलकण्ठ -१० मिलन चोक पार्टी भेन्युमा भएको  काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि तथा महासमिति  सदस्यहरुको भेलामा बुढाथोकीले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका थिए।

असोज १६ गते हुने नगर अधिवेसनमा नगर सभापतिका लागि उनले उम्मेदवारीको औपचारिक घोषणा  गरेको सो भेलामा प्रदेस सभा सदस्य न्हुच्छेनारायण श्रेष्ठ, क्षेत्रीय सचिव तथा  प्रदेश ख  सभापति विनाेद चालिसे, महासमिति सदस्य आत्माराम पाैडेल, लाक्पा शेर्पा, नगर सभापति गणेश काेइराला,  जिल्ला सदस्यहरू सानु श्रेष्ठ, राेहित पाैडेल, इन्द्र बहादुर  थापा सहितका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो।

यस अघि व्यक्तिगत,सामाजिक संजाल र संचार माध्यम मार्फत नगर सभापतिको उम्मेदवारी दिने घोषणा गरेका बुढाथोकीले सो भेला बाट औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दै साथ र सहयोगका लागि नेता तथा प्रतिनिधिहरु संग आग्रह गरेका थिए।

बुढानिलकण्ठ नगरपालिकामा निर्वाचन हुनु भन्दा अगाडी देखि नै सर्वदलीय संयन्त्रमा रहेर काम गरेको अनुभव रहेकोले नगरपालिकाको समार्थ्य र शक्ति आफुले बुझेको भन्दै बुढाथोकीले आन्तरिक संगठन व्यवस्थापन र प्राविधिक पक्षको तयारी प्रभावकारी गर्न सकेमा आउदो निर्वाचन सजिलै जित्न सकिने धारणा राख्दै आएका छन।

कांग्रेसमा अधिवेशन र चुनावमा मात्र कार्यालय खोल्ने जस्तो परम्परालाई तोड्दै व्यवस्थित नगर पार्टी कार्यालय सञ्चालन मार्फत नियमित गतिविधि र अभियान संचालन गर्ने योजना रहेको बताउदै  उनले नेपाली कांग्रेस बुढानिलकण्ठमा सबैलाई सम्मान जनक रुपमा समेट्ने धारणा राख्दै आएका छन।

बुढाथोकी संगै  राजुविक्रम थापा र राजन बुढाथाेकी नगर सभापतिको दौडमा रहेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।