गोकर्णेश्वर नगरपालिकामा आज र भोलि  भेरोसेल खोपको पहिलो मात्रा लगाइने

गोकर्णेश्वर नगरपालिकामा आज र भोलि  भेरोसेल खोपको पहिलो मात्रा लगाइने

कपन अनलाइन

काठमाडौँ, असोज १२ । गोकर्णेश्वर नगरपालिकामा  भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ।आज र भोलि गोकर्णेश्वर नगरपालिकामा कोरोना भाइरस बिरुद्दको खोप नलगाएका १८ बर्ष भन्दा माथि उमेर  भएका ब्यक्तिहरुलाई बिहान ११ बजे देखि ४ बजे सम्म भेरोसेल खोपको पहिलो मात्रा निम्न स्थान बाट लगाइने भएको  हो ।

खोप केन्द्रहरु

१) श्री गोकर्ण प्राथमिक अस्पताल गोकर्णेश्वर ४ गोकर्ण

२)  श्री शहरी स्वास्थ्य केन्द्र जोरपाटी गोकर्णेश्वर ५ जोरपाटी

३) श्री जोरपाटी स्वास्थ्य  चौकी गोकर्णेश्वर ९ आरुबारी काठमाडौँ, रहेका छन। खोप सेवा लिन आउदा आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रुपमा साथमा आउन समेत सार्वजनिक सुचना मार्फत  जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।