नेकपा एकिकृत (समाजवादी) ओखलढुङ्गाको अध्यक्षमा हंशराज वाग्ले, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाडौं असोज ११ ।

नेकपा एकिकृत (समाजवादी) ओखलढुङ्गाको अध्यक्षमा हंशराज वाग्ले चयन भएका छन् । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको बैठकले वाग्लेको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

नेकपा एसका नेता नेत्र प्रसाद भट्टराईको उपस्थितिमा भएको सो बैठकले जिल्ला कमिटीको  उपाध्यक्षमा मेख बहादुर खड्का, मावर सुनुवार र निर्मला श्रेष्ठलाई चयन गरेको छ भने   सचिवको जिम्मेवारी भने नरेन्द्र श्रेष्ठले पाएका छन्।

त्यस्तै सो बैठकले जिल्ला कमिटीको सहसचिवमा दिपक फुयाल, कमल खड्का, सन्जिव गुरुङ, रामकुमार सुवेदी र कलावती राईलाई चयन गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।