श्री पशुपतिनाथका सहायक पुजारी भण्डारीहरु संग सदस्य सचिव थापाको छलफल

श्री पशुपतिनाथका सहायक पुजारी भण्डारीहरु संग सदस्य सचिव थापाको छलफल

कपन अनलाइन

काठमाडौं असोज ११ ।

श्री पशुपतिनाथका भण्डारीहरुसंग पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव डा.मिलनकुमार थापा बिच छलफल कार्यक्रम सम्पन्न भएको छ । आईतवार कोषको सभाहलमा भएको छलफल कार्यक्रममा भण्डारीहरुले सदस्य सचिव डा.थापालाई बधाई दिदै खुसि समेत ब्यक्त गरेका छन् ।
कोषमा कोषाध्यक्ष रहँदा भण्डारीहरुलाई माया गर्ने ब्यक्तिका रुपमा रहेका चिनिएका डा.थापाले सदस्य सचिव नियुक्ती भएपछि श्रीपशुपतिनाथको ब्यवस्थापन र बिकास प्रवर्धन  गर्न सफल हुने विश्वास ब्यक्त गर्दै आगामी दिनमा भण्डारीहरुको तर्फबाट पुर्ण सहयोग गर्ने भण्डारी सेवक संघका सचिव ज्ञानेन्द्र राजभण्डारीले बताएका छन  ।
श्री पशुपतिनाथ मन्दिरको सेवक र परम्परागत रुपमै रखवालाको रुपमा भण्डारीहरु नै रहेका कारण आफु सधै भण्डारीको हितका लागि प्रतिवद्ध रहेको सदस्य सचिव डा.थापाले बताएका छन  । उनले भण्डारी सेवक संघका लागि कार्यालय राख्न तुरुन्तै निश्चित स्थान समेत ब्यवस्था गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
आगामी दिनमा श्रीपशुपति मन्दिर पुजा नियमावली २०६८ अनुसार प्रक्रिया अघाडि बढाईने पनि डा.थापाले जनाए । पछिल्ला दिनमा नियमावली छायाँमा परेका कारण भण्डारीको संयन्त्र प्रक्रिया अलमलमा रहेको समेत जनाए । अब त्यसको चाँडै निकास हुने डा.थापाले जानकारी दिएका छन  । बिधर्मीहरुले कोष र भण्डारीहरु बिचको सम्वन्ध छिन्नभिन्न पार्न लागि परेको भन्दै कोषलाई सहयोग गर्न आफुहरु तयार रहेको हरिशरण राजभण्डारीले बताएका थिए ।
तपाइँको प्रतिक्रिया ।