अश्लिल यौनजन्य व्यापारको लागि वेभसाईट खोल्ने पक्राउ

अश्लिल यौनजन्य व्यापारको लागि वेभसाईट खोल्ने पक्राउ

काठमाडौ , ३०  फागुन

अश्लिल यौनजन्य व्यापारको लागि वेभसाइट खोलेको अभियोगमा बाँके नेपालगन्ज उपमहानगरपालिका–१२ घर भई हाल ललितपुर कुसुन्ती वस्ने २८ बर्षीय सरोज चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

kitty_pron.jpg_1286405025
सामाजिक मूल्य मान्यता, नैतिकता र सदाचार बिपरित यौन सम्पर्क र यौन आनन्दको लागि बिभिन्न प्रकारका एस्कर्ट (महिला)हरुलाई उपलब्ध गराउन सक्ने भनी अमूक आकर्षक महिलाहरुको आकृती फोटो राखी बिभिन्न सेवाका बिभिन्न दररेटहरु समेत तोकी सम्पर्कका लागि ईमेल ठेगाना र फोन नंबर समेत उपलब्ध गराई त्यस्ता सेवा लिन चाहने ब्यक्तिहरुलाई सम्पर्कको लागि आब्हान गरी इन्टरनेटमा बेभसाईट खोली प्रचार प्रसार गरेकोले निज चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।