Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/242693252_3019103581683039_2647223700139504386_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/242169536_1664686430394068_5030535505128962836_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वरमा जनगणनाको लागि घरपरिवार सूचीकरण कार्यमा सुपरिवेक्षकहरु घर घरमा पुग्दै

कपन अनलाइन

काठमाडौं असोज १० । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणमा  घरपरिवार सूचीकरण कार्यमा सुपरिवेक्षकहरु  घर घरमा पुगिरहेका   छन  ।  गोकर्णेश्वर नगरपालिकामा  पनि भाद्र  ३० गते देखि असोज १८ गते सम्म सुपरिवेक्षकहरू घर-घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम  गरिरहेका छन। नगरपालिकामा अनुमानित घरपरिवार को सङ्ख्या को आधारमा जम्मा ३१ जना सुपरिवेक्षक पारिवारिक विवरण लिन खटिएका छन। गोकर्णेश्वरको वडा गत रूपमा १ मा २ जना, २ मा २ जना, ३ मा २ जना ४ मा २ जना, ५ मा ७ जना, ६ मा ८ जना, ७ मा ३ जना, ८ मा ४ जना तथा ९ मा २ जना खटिएका छन।

बढदो जनघनत्वको कारण अनुमान गरिएको भन्दा धेरै घर परिवार सङ्ख्या आएकोले सुपरिवेक्षण कार्यमा थप बोझ परेको गुनासो सुपरिवेक्षकहरुले गरेका छन। थप सुपरिवेक्षक परिचालन गरेर पनि समयमै घर परिवार सूचीकरण को काम सक्ने जानकारी जिल्ला जनगणना कार्यालय काठमाडौ क जोरपाटी का जनगणना अधिकारी प्रभा बरालले जानकारी गराएकी छिन । सुपरिवेक्षकले घरपरिवार सूचीकरण को काम सकिएपछि गणकको सङ्ख्या निर्धारण गरि कार्तिक को दोस्रो हप्ता तालीम सन्चालन गरि कार्तिक २५ देखि मङ्सिर ९ गते सम्म  मूल  जनगणना हुने छ। असोज १८ गते सूचीकरण सकिए पछि त्यसको तयारीमा स्थानीय जनगणना कार्यालय लाग्ने छ।

यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ ।नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ । यद्यपि, पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो ।२००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।