कागेश्वरी मनोहरा नगरपालिकाको पालिका गान रचना गर्नेलाइ एक लाख
कपन अनलाइन
काठमाडौं असोज १० । कागेश्वरी मनोहरा नगरपालिकाले पालिका गानको रचनाका लागि सार्वजनिक सूचना जारी गरेको छ। कागेश्वरी मनोहरा नगरपालिकाले आज सूचना जारी गर्दै सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र नगरपालिकाको पहिचान झल्किने गान सृजना गर्न सूचना जारी गरेको हो। सूचनाअनुसार ४० देखि ७५ शब्दको सीमामा रहेर मानक नेपाली भाषामा गान रचना गर्नुपर्नेछ।
छनोट हुने रचयितालाई १ लाख पुरस्कारको व्यवस्था समेत गरिएको छ। पालिका गान छनौटको सर्वाधिकार बिषय- विशेषज्ञहरु रहेको पालिका गान चयन समितिमा रहने उल्लेख गरिएको छ भने छनौट भएको पालिका गान मा बिषय विशेषज्ञ समितिले आवश्यक परिमार्जन गर्न सक्नेछ। रचना आफै आइ खामबन्दी गरि नगरपालिकामा बुझाउन सकिने वा [email protected] मा इमेल गर्न सकिने उल्लेख गरिएको छ इमेल को हकमा उक्त दिनको ५ बजे सम्ममा आइपुग्नु पर्ने जानकारी गराइएको छ ।