विश्वकप क्रिकेटमा न्युजिल्यान्ड र इंग्ल्याण्ड विजयी

विश्वकप क्रिकेटमा न्युजिल्यान्ड र इंग्ल्याण्ड विजयी

काठमाडौ, २९ फागुन । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजका खेलमा न्युजिल्यान्ड र इंग्ल्याण्डले जित हासिल गरेका छन् ।
विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा बंगलादेशले दिएको २ सय ८८ रनको लक्ष्य न्युजिल्यान्डले ७ विकेट गुमाउदै भेटाउदा ३ विकेटले बिजयी भएको छ । खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले निधारित ५० ओभरको समाप्तिमा सात विकेट गुमाउदै २ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको  थियो ।

martin_guptil
२ सय ८९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यन्डले ४८ दशमलब ५ ओभरमा भेटाउन सफल भयो ।
खेलमा न्युजील्यान्डको लागि मार्टिन गुप्तेलले सर्बाधिक १ सय ५ रनको योदा गर्दा रोस टेलर्स ५६, कोरे एन्डरसन र ग्रान्ट इलोटले समान ३९ रनको योगदान दिए । यस्तै बलिङ तर्फ बंगलादेशका लागि सकिब अलहसनले सर्बाधिक ४ विकेट हात पारे । उता पहिले ब्याटिङ गरेको बंगलादेशको लागि ममुदुल्लाहले अबिजित एक सय २८ रनको पारी खेल्दा सोमी सरकारले अर्धसतकीय पारी खेले । यस्तै बलिङ तर्फ न्जील्यान्डको लागि कोरे एन्डरसन, ग्रान्ट इलालेट र ट्रेन्ट बोल्टले  समान २÷२ विकेट हात पारे ।
यस्तै बर्षाका कारण ३६ दशमलब २ ओभरमा छोट्याइएको अफगानिस्तान र इंग्ल्यान्डको खेलमा इंगल्यान्डले अफ्गानिस्तानलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफ्गानिस्तले छोट्याइएको निधारित ३६ दशमलब २ ओभर खेल्दै ७ विकेट गुमाउदा इंगल्यान्डलाई १ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । डिएल मेथडबाट फेरी पनि २५ ओभरमा छोट्याएको खेलमा  इंगल्यान्डले १ सय १ रनको लक्ष्य पाएको थियो ।
१ सय १ रनको नया  लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको इंगल्यान्डले मात्र १८ दशमलब १ ओभरमा १ विकेट गुमाउदै भेटाउन सफल भयो । खेलमा इंगल्यान्डका लागि इयान बेलले अबिजित ५२ रन जोड्दा एलेक्स हल्सले ३७ तथा जेम्स टेलर्सले अविजित ८ रनको योगदान गरे । बलिङ तर्फ अफ्गनिस्ताको लागि एक मात्र विकेट हमिद हसनले हात पारे ।  प्रतियोगितामा दुबै टोलिले अन्तिम आठको यात्रा गुमाइसकेका छन् ।

तपाइँको प्रतिक्रिया ।