भगवती युवा क्लब गोकर्णेश्वर – ९ द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता शनिबार बाट शुरु 

भगवती युवा क्लब गोकर्णेश्वर – ९ द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता शनिबार बाट शुरु 

कपन अनलाइन

काठमाडौं असोज १० गोकर्णेश्वर नगरपालिका वडा नं ९  को आर्थिक सहयोगमा भगवती युवा क्लब द्वारा आयोजित आन्तरिक ब्याडमिन्टन प्रतियोगिता शनिबार बाट शुरु  भएको छ।  शंखडोल कराते एकेडमी संगै रहेको भगवती ब्याडमिन्टन कोर्टमा भएको सो प्रतियोगिताको गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले  खेल सामग्री हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गरेका हुन। बिजया दशमीको अवसर पारेर शुभकामना आदानप्रदान सहित  आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन सत्रमा वडा सदस्य हरि कृष्ण कारंजित महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख  प्रहरी नायब निरीक्षक रामजी घिमिरे,शंखडोल कराते एकेडेमीका अध्यक्ष शिवराम कारंजित , भगवती युवा क्लबका अध्यक्ष संजय दुधराज  लगायत क्लबका पदाधिकारी, खेलाडी र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

 

बिजय दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा ब्याडमिन्टन प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष राजिब थापाले आयोजकलाइ धन्यबाद दिदै स्वस्थ शरीर र स्वस्थ समाजका लागि खेलकुद अपरिहार्य  रहेको  र त्यसैलाई मध्यनजर गर्दै वडाले खेलकुदलाइ प्राथमिकतामा राखेको जानकारी गराए। उनले  बिभिन्न समयमा खेलकुद्को लागि वडाले सहयोग गर्दै आएको पनि जानकारी गराएका थिए।

शनिबार बाट शुरु भएको उक्त प्रतियोगिता असोज २३ गते सम्म चल्नेछ।प्रतियोगिताको पहिलो दिन भएको खेलको सिनियर तर्फ सिताराम कारन्जित  र  धन श्रेष्ठको जोडी  मोहन कृष्ण श्रेष्ठ र शिबराम करन्जितको जोडी त्यसैगरि रामहरि श्रेष्ठ  र मोहन श्रेष्ठको जोडी,  सुमन ताम्राकार र केदार दवाडीको जोडी,  बिबेक  र जयरामको जोडी बिजयी भएका छन भने  जुनियरमा राजु श्रेष्ठ र कृष्ण के.सिको जोडी त्यसै गरि धर्मसरण श्रेष्ठ र राम जी श्रेष्ठ को जोडी बिजयी भएका थिए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।