कपनको ढलमा खसेर बेपत्ता बालकको शव ललितपुरमा भेटियो

कपनको ढलमा खसेर बेपत्ता बालकको शव ललितपुरमा भेटियो

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

काठमाण्डौ महानगरपालिका वडा नं ६ र बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सिमाना  कपन मिलनचोकमा निर्माणाधीन  ब्लक कल्भर्टमा खसेर हराइरहेका १० वर्षीय उज्ज्वल विकको शव पाँच दिनपछि ललितपुरस्थित बागमती नदी किनारमा फेला परेको छ।

ललितपुरको महांकाल गाउँपालिकास्थित बागमती नदीको किनारमा भेटिएको शवमा रहेको टि शर्टका आधारमा उनको परिवारले बिकलाई पहिचान गरेको प्रहरीले जानकारी दिएको छ।उनले लगाएको टि शर्टमा नव मन्जुश्री मावी कपन लेखिएको आधारमा ति बालक उज्वल भएको अनुमान गरिएको छ।

लामो समय भएकोले उनको अनुहार पहिचान गर्न नसकिने अवस्थामा भेटिएको छ भने उनको परिवार सनाखतका लागि शव भेटिएको स्थल तर्फ गैरहेको कपन प्रहरीले जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।