बाल विकास समाजको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

बाल विकास समाजको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, असोज १० । बाल विकास समाजको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ। गत बर्ष कोभिडका कारण रोकिएको सो कार्यक्रम असोज ९ गते शनिबार  ललितपुरको लगनखेलमा सम्पन्न भएको हो ।पार्दर्शिता र जवाफदेहिता: हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ  सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति काठमाडौंको उप प्रमुख सरिता दाहाल रहेकी थिइन भने बिशेष अतिथिको रुपमा सुर्यविनायक नगरपालिकाकी उप प्रमुख जुना बस्नेत, विभिन्न नगरपालिकाका प्रतिनिधि, समाज कल्याण परिषद्का प्रतिनिधि, राष्ट्रिय बाल अधिकार परिषदका प्रतिनिधि, वडा अध्यक्षहरु, बाल क्लवका प्रतिनिधि, बाल अधिकार समिति, बाल क्लव संजाल, बाल संरक्षण समिति, वर्ल्ड भिजनका प्रतिनिधि लगायत बालबालिकाका क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । बाल विकासका अध्यक्ष सुभाष गौतमको अध्यक्षतामा सम्पन्न  उक्त कार्यक्रम संचालन बाल विकास समाजका प्रकाश सुनुवार, सृजना दाहालले गरेकी थिइन । राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति काठमाडौंको उप प्रमुख सरिता दाहालले गमलामा पानी हालेर उद्घाटन गरेकी थिइन ।

संस्थाका महासचिव काजीबाबु पाण्डेले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । संस्थाले विभिन्न कार्यक्रमहरू आन्तरिक स्रोतबाट गरिरहेको र विभिन्न संस्थाहरूसँग पनि साझेदारीमा काम गरिरहेको जानकारी गराएका थिए । कार्यक्रममा शरद शर्माले सस्थाले स्थापना काल देखि हाल सम्म गर्दै आएको कामको बारेमा जानकारी गराएका थिए ।  कार्यक्रममा कृष्णप्रसाद सुवेदी र प्रदिपकुमार श्रेष्ठले बाल विकास समाजले २०७७/२०७८ मा सम्पन्न गरेका कार्यक्रम र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 वि.सं. २०४८ वैशाख २४ गते  स्थापना भएको संस्थाका लक्षित वर्गः निष्कृट प्रकारका श्रमक्षेत्रमा रहेका बालबालिका (श्रमिक), सुविधाविहीन तथा जोखिममा रहेका बालबालिका र महिलाहरु रहेको बताउदै सोक्षेत्रसँग सम्बन्धित विभिन्न निकायसँग सहमति र सहकार्यमा काम संस्थाले काम गरिरहेको  जानकारी गराएका थिए  । बालबालिकाको विकासका लागि अभिभावकलाई आयआर्जनमा जोड्न  विभिन्न सीप मुलक तालिम प्रदान गरेको र गत बर्षमा संस्थाले नेपालीहरुको सहयोगबाटै २२ लाख रुपैयाँ संकलन गरेको गरि सयौं विद्यार्थीलाई छात्रवृति प्रदान गरेको जानकारी गराएका थिए  ।

 बालबालिकाको संरक्षण अभिभावको आय आर्जन र सीपमुलक तालिम बालबालिक अभिभावक र स्थानिय वा संघिय सरकारसँग काम गर्ने र नीति नियम बनाउन सहजिकरण गर्दै आएको जानकारी गराएका थिए । सहजकर्ता रमेश प्रसाद तिमल्सिनाले   संस्थाले गरेका कामको प्रशंसा गर्दै संस्थाको वेभसाइट विकास गर्दै सामाजिक सञ्जालमा पनि संस्थाका कामहरुबारे प्रचारप्रसार गर्नुपर्ने सुझाव समेत दिएका थिए । सुशासन, पारदर्शिता एवम जवाफदेहिता, सामाजिक उत्तरदायित्व, जनसहभागिता र सरोकारवालाको प्रतिक्रियालाइ  नै मुख्य बिषय बनाइ  आफ्नो भनाइ राखेका थिए । कार्यक्रम कार्यक्रममा ईटा उद्योगमा रहेका बालबालिकाको उत्थानशील विकास परियोजनाको अन्तर्गत व्यवसायिक तालिम प्राप्त गरेकालाई सामग्रीहरु पनि वितरण गरिएको थियो। ३ दशकदेखि बालबालिकाको क्षेत्रमा कार्यरत संस्था बाल विकास समाजले वर्ल्ड भिजनको सहकार्यमा ३ बर्षदेखि ईटा उद्योगमा रहेका बालबालिकाको उत्थानका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

 कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति काठमाडौंको उप प्रमुख सरिता दाहालले नेपालमा बालश्रम बिभिन्न क्षेत्रमा रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्नको लागि  संस्था संग सहकार्य गरि बालश्रम अन्त्य गर्नका लागि सबैलाई आह्वान गरेकी थिइन । साथै उनले संस्थालाई बागमति प्रदेशमा पनि सहकार्यका लागि काठमाडौं जिल्ला समन्वय समितिले अग्रसरता लिने प्रतिबद्धता  जनाएकी थिइन ।कार्यक्रममा बोल्ने वक्ताहरुले  बाल श्रम न्यूनीकरण गर्न सहकार्य  गरि नगरहरू र देशलाई नै बालश्रम मुक्त घोषणा गर्न सबैको सहभागिता र पहल आवश्यक रहेकोमा जोड  दिएका  थिए।कार्यक्रममा जीविकापार्जनका लागि संस्थाबाट तालिममा सहभागि भएकाहरुले अनुभव सुनाउदै  बाल विकास समाजले दिएको अवसरबाट आफ्नो जीवन सुधार गर्दै बालबालिकाको जीवन उत्थानमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै धन्यवाद  दिएका थिए । अध्यक्षताको आसन बाट बोल्दै बाल विकास समाजका अध्यक्ष सुभाष गौतमले  नेपालीहरुको सहयोग मात्रले केही कार्यक्रम चलाइरहेको र संस्थाको शुरुवातीदेखि नै आवद्द पदाधिकारी आफैले आर्थिक स्रोत जुटाएर कार्यगतिविधि गरिरहेको जानकारी गराउदै उपस्थित सबैलाई धन्यवाद दिएका थिए   ।

तपाइँको प्रतिक्रिया ।