आज देशभर सामान्य बदली हुने,यस्तो छ मौसम पूर्वानुमान

आज देशभर सामान्य बदली हुने,यस्तो छ मौसम पूर्वानुमान

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

महाशाखाले वर्षा हुने स्थानहरुका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।