सामाजिक संस्था र संचारकर्मीहरुलाई ग्लोबल चिम्से सोलको सहयोग

सामाजिक संस्था र संचारकर्मीहरुलाई ग्लोबल चिम्से सोलको सहयोग

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

विभिन्न  सामाजिक कार्यमा सक्रिय रहँदै आएको ग्लोबल चिम्से सोलले सामाजिक संस्था र संचारकर्मीहरुलाई सहयोग गरेको छ।

विपद र महामारीको समयमा विविध परोपकारी कार्यमा सक्रिय रहेको सो संस्थाले  अन्तर दृष्टि नेपाललाई लागि नगद साठी हजार तथा फोनिक्स अनाथ आश्रमलाई विभिन्न सामाग्रीहरु र संचारकर्मीहरुलाई प्रेस ज्याकेट हस्तान्तरण गरेको हो।

शनिबार काठमाडौँको त्रि-ज्योति स्कुलमा एक कार्यक्रमका बीच अन्तर दृष्टि नेपालकी अध्यक्ष नन्दा सिंहलाई उक्त रकम र सहयोग सामग्री हस्तान्तरण गरिएको थियो भने  कपन प्रहरी विटका लागि दुई वटा वाटर डिस्पेन्सर पनि  वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि  पूर्व जर्नेल प्रेम सिंह बस्नेतले विदेशमा दुख गरेर कमाएको पैसाबाट सामाजिक अभियानका लागि पुर्याएको योगदानको उच्च मुल्याङकन हुने बताएका थिए  ।

त्यस्तै ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का केन्द्रीय सदस्य पारस राईको अभियानले देशका विभन्न क्षेत्रमा पुर्याएको योगदानको लागि  ट्रेड युनियन  महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीले प्रशंसा गरेका थिए ।

सो कार्यक्रममा टुकोनका उपाध्यक्ष आनन्द रिसाल, कपन प्रहरी प्रभागका प्रमुख मोहमद सकिल अहमद, फोनेक्स बालगृहका अध्यक्ष सुकदेव लामिछाने, संयुक्त राष्ट्र संघ (युएन)का पूर्व कर्मचारी तथा व्यावसायी रामदल राई लगायतको समेत उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया ।