माओवादी नेता बर्तौलालाई युथ फोर्स उपप्रमुख पुष्प श्रेष्ठको चेतावनी

माओवादी नेता बर्तौलालाई युथ फोर्स उपप्रमुख पुष्प श्रेष्ठको चेतावनी

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

नेकपा एमालेको शक्तिशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा युथफोर्स उपप्रमुख पुष्प श्रेष्ठले माओवादीका नेता जनक बर्तौलालाई “पाखुरी कै घमण्ड भए जीवन वीमा गरेर मैदानमा आउ” महेश बस्नेत होईन तिम्रो लागि म नै काफी छु भनेर चेतावनी दिएका छन्।

सस्तो लोकप्रीयता कमाउन नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संघका इन्चार्जमाथि अराजनीतिक भाषा प्रयोग गरेको भन्दै उपाध्यक्ष श्रेष्ठले फेसबुकमा लेखेका छन् ,” सस्तो लोकप्रियता कमाउन जनक बर्तौलाजीले नेकपा एमालेका केन्द्रिय सदस्य तथा लोकप्रिय नेता महेश बस्नेतलाई भिडन्तको निम्तो दिएको सुनेँ ! तपाईको अभिव्यक्ति सपनामा बर्बराएको जस्तो सुनियो। स्यालले सिंहलाई चुनौती दिएजस्तो देखियो।मानसिक सन्तुलन बिग्रिएको भए – पाटन मानसिक अस्पतालमा उपचार गराउनु । दिमाग बिग्रिएको छैन भने अबदेखि बोल्नु अघि आफ्नो औकात र हैसियत हेर्नु ! म पनि बिगतमा माओवादी पृष्ठभूमिबाट आएको हुँ। तपाईको औकातको बारेमा मलाई राम्रो जानकारी छ।

जिम्मेवार व्यक्तिले बोल्दा जिम्मेवार ढंगले बोल्नुपर्छ। राजनीतिक एजेण्डा छन् भने मैदानमा राजनीतिक बहस गरौँ ! पाखुरी कै घमण्ड छ भने जीवन बिमा गरेर मैदानमा आउँ तिमीलाई ठिक लगाउन म नै काफी छु ! युवासंघ नै काफी छ !! युथफोर्स नै काफी छ !!! युवा संघको एउटा सिपाही काफी छ ! “

तपाइँको प्रतिक्रिया ।