नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को सचिवमा श्याम डोटेलको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को सचिवमा श्याम डोटेलको उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को सचिवमा श्याम डोटेलको उम्मेदवारी घोषणा गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १० बाट क्षेत्रीय प्रतिनिधि बनेका डोटेलले आगामी क्षेत्रीय अधिवेसनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन।

२०५४ शालमा नेपाली कांग्रेसको सदस्यता ग्रहण गर्दै नेपाली कांग्रेस विभाजनको समयमा संस्थापन पक्षमा क्रियाशील हुदै २०६२/६३ को जन आन्दोलनमा अनसन र प्रदर्शनमा सक्रिय सहभागी रहेका डोटेल २०७४ शालको स्थानीय तहको निर्वाचनमा वडा नं १० को वडा अध्यक्ष उम्मेदवार रहेका थिए।

साविक कपन गाविसको सर्वदलीय संयन्त्र र अनुगमन समितीमा रहेर विभिन्न सामाजिक र विकास निर्माणका कामहरुको नेतृत्व गरेका उनले २०७१ शालमा नगरपालिका घोषणा भए संगै वडा नागरिक मंचको संयोजकका रुपमा पनि काम गरेका थिए।

वडा नं १० मा अरहेको बालउद्दार मावी व्यवस्थापन समितीको अध्यक्ष र कपन बहुमुखी क्याम्पसको संस्थापक सदस्यका रुपमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका डोटेल गिरिजाप्रसाद कोइराला फाउन्डेसनको क्षेत्रीय अध्यक्ष पनि हुन।

नेपाल किसान संघको काठमाण्डौ जिल्ला कोषाध्यक्ष र केन्द्रीय प्रतिनिधि रहेर सक्रिय बनेका डोटेल १३ औ महाधिवेसन बाट बुढानिलकण्ठ =१- को वडा सभापतिमा निर्वाचित भएका थिए ।

तपाइँको प्रतिक्रिया ।