कोरोना प्रभावितलाई निशुल्क छात्रवृत्ति दिने एपेक्स एजुकेशनल एकेडेमीको घोषणा

कोरोना प्रभावितलाई निशुल्क छात्रवृत्ति दिने एपेक्स एजुकेशनल एकेडेमीको घोषणा

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

एपेक्स एजुकेशनल एकेडेमीले चिकित्साशास्त्र र इञ्जिनियरिङ्को सेवा प्रवेशको पूर्वतयारी कक्षामा ४९ जनालाई निःशुल्क छात्रवृत्ति दिने घोषणा गरेको छ । कोरोना भाइरस प्रभावित र नेपाल सरकारले निर्धारण गरेको आरक्षित समूहलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क छात्रवृत्ति दिने घोषणा गरेको हो ।
संस्थाको २३ औ बार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा एकेडेमीका अध्यक्ष हरिप्रसाद पौडेलले प्रत्येक प्रदेशबाट सात जनाका दरले ४९ जनालाई यसवर्ष छात्रवृत्ति प्रदान गरिने जानकारी दिएका छन  ।

कात्तिक १० गतेभित्र आवेदन दिएका विद्यार्थीमध्येबाट विद्यार्थीको छनोट गरिनेछ । निशुल्क छात्रवृत्ति प्रदान गरिने कुराको सुनिश्चितताका लागि ती विद्यार्थीको नामावली समेत सार्वजनिक गरिने अध्यक्ष पौडेलले बताएका छन ।

तपाइँको प्रतिक्रिया ।