एथलेटिक्स प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

प्रदेश खेलकुद बिकास परिषद्, बागमती प्रदेशले राष्ट्रिय स्तरको एथलेटिक्स प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सुरुआत गरेको छ । प्रशिक्षणका सबै कार्यक्रमहरु दसरथ रंगशालाको ट्र्याकमा प्रयोगात्मक र एन्फाको मिडिया सेन्टरमा शैद्दान्तिक कक्षाहरु संचालन हुनेछन् ।

परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीको अध्यक्षतामा संचालन भएको उद्घाटन समारोहमा किर्तिमानी धावक बैकुण्ठ मानन्धरले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए ।

बागमती प्रदेशले आयोजना गरेको एक हप्ते प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रदेशका 13 वटै जिल्लाबाट ३२ जना सहभागी रहेका छन् ।

एथलेटिक्स संघका प्रमुख प्रशिक्षक चन्द्र गुरुङको नेतृत्वमा बरिस्ठ प्रशिक्षकहरु कान्ति महतो र धनिराम चौधरीले सहभागीहरुलाइ प्रशिक्षण दिनेछन् । प्रशिक्षण कार्यक्रममा नेपाल ओलम्पिक कमिटीको सहकार्यमा एण्टि डोपिङ को समेत कक्षा संचालन गरिनेछ ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि समेत रहेका नेपाली एथलेटिक्स इतिहासका कीर्तिमानि बैकुण्ठ मानन्धरले बागमती प्रदेश खेलकुद बिकास परिषद्को खुलेर प्रसम्सा   गरे । राष्ट्रिय खेलकुद परिषद् र अन्य प्रदेश पनि सुस्ताएको बेला बागमती प्रदेशले गरेका कार्यक्रम र सक्रियताले खेलकुदमा नयाँ आशाको किरण शिर्जना गरेको उनले  बताए ।

कार्यक्रमका अध्यक्ष सुर्यलाल भण्डारीले प्रशिक्षकको समयानुकूल क्षमता बिकास गर्न र सबै जिल्ला खेलकुदको समानुपातिक बिकास गर्नको लागि उक्त कार्यक्रम संचालन गरेको बताए । उनले  यस्तो कार्यक्रमले ग्रासरुट लेभलमा खेलाडी उत्पादन गर्न र प्रशिक्षण लाई गाउँ गाउँमा संचालन गर्न मद्दत पुग्ने बताए ।

बागमती  प्रदेशले यसै महिनामा एथलेटिक्स सहित अन्य तीन खेलको प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्दैछ ।

तपाइँको प्रतिक्रिया ।