नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४(२ ) को सभापतिमा डा. आरती कार्कीको उम्मेदवारी

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४(२ ) को सभापतिमा डा. आरती कार्कीको उम्मेदवारी

कपन अनलाइन

काठमाण्डौ ,असोज ९।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२ ) को सभापतिमा डा.आरती कार्कीले  उम्मेदवारी घोषणा गरेकी छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १० को मिलन चोक पार्टी प्यालेसमा भएको निर्वाचित क्षेत्रीय प्रतिनिधिहरुको भेलामा कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन।

२०४४ शालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीति शुरु गरेकी कार्की २०४६ शालमा अमृत साइन्स क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएकी थिइन्।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को महत्पूर्ण मानिने प्रदेस क्षेत्रमा महिला नेतृत्व स्थापना हुनुपर्ने भन्दै उम्मेदवारी दिएकी कार्की २०५० शालमा नेवी संघको कोषाध्यक्ष बनेकी थिइन।

२०५५ शालमा नेपाल तरुण दल केन्द्रीय प्रचार विभागको सदस्यका रुपमा योगदान पुर्याएकी कार्कीले नेपाल र लोकतन्त्र ल्याउनका लागि अथक भूमिका खेलेका महिलाहरुको योगदानको सम्मानका लागि उम्मेदवारी घोषणा गरेको कपन अनलाइनलाई बताएकी छन।

काठमाण्डौ क्षेत्र नं ४  का महिला नेतृहरुको त्याग,तपस्या र योगदानको कदर गर्दै एक महत्वपूर्ण पदमा महिलाको नेतृत्व हुनुपर्ने भन्दै उनले आफुले जिम्मेवारी पाएमा सबैलाई समेटेर एकतावद्ध र बलियो नेपाली कांग्रेस निर्माण गर्ने बताएकी छन ।

 

तपाइँको प्रतिक्रिया ।